ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद ,समाधान गर्न कठिनाइ


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   १ : ५४   बजे


काठमाडौं, ३ जेठ । स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुई/तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ ।

धादिङ स्थायी घर भएका टेकबहादुर तामाङले दुई वर्षअघि नगरपालिकाको वडा नं २ नयाँपाटीमा कित्ता नं ६८६ को जग्गा खरीद गर्नुभएको थियो । जग्गा किनाउने दलालले पनि सँगै जोडिएको कित्ता लिएका थिए । निजीस्तरका अमिनीले त्यसबेला नापजाँच गरेर किला ठोकिएको थियो । केही महीनापछि वरपरका जग्गा धनीले मिचेर दुई आना तीन पैसा जग्गा छैन भन्न थालेपछि आफू अप्ठेरोमा परेको उहाँले गुनासो गर्नुभयो । धेरै जग्गा किनेर खण्डीकरण गरी व्यवसाय गर्नेका कारण जग्गा हराउने गरेको वडा कार्यालयले जनाएको छ । यस्ता व्यवसायीले ल्याउने निजी अमिनीले जसले बढी पैसा दियो त्यतै किला ठोकिदिने गर्दा स्थानीयस्तरमा समस्या आउने गरेको बताइएको छ ।

नापी कार्यालय साँखुका प्राविधिकले जग्गा भएको भनी नापजाँच गरी किला ठोके पनि सँधियारले उक्काइदिएको तामाङले गुनासो गर्नुभयो । यसैगरी नगरपालिका–१ मा मीना श्रेष्ठको नाममा रहेको जग्गामा नानीमैयाँ बुढाथोकीले घर बनाउन थालेपछि नगरपालिकाको न्यायिक समितिमा उजुरी पर्‍यो । नक्सा पास नगरी बनाउन थालिएको घरको काम समितिले रोक्यो । राजधानी नजिकको काँठ क्षेत्रमा जग्गा किनबेच भएर घर बन्न थालेसँगै यस्ता समस्या पनि बढ्न थालेको छ । नापी कार्यालयले हाल साबी नगरेको र नापीमा आधुनिक प्रविधिको प्रयोगसमेत नगरिएका कारण यस्तो समस्या बढ्ने गरेको छ ।

नगरपालिकाको न्यायिक समितिमा हालसम्म जग्गाको साँध सीमासम्बन्धी बढी उजुरी दर्ता भएको छ । नगर उपप्रमुख एवं शान्ति नेपाल यस वर्षमात्र समितिमा ९३ वटा उजुरी दर्ता भएकामा ९० प्रतिशतभन्दा जग्गाको सीमा विवादको रहेको बताउनुहुन्छ । जग्गा विवादका समस्या समाधानमै न्यायिक समितिले बढी समय खर्चनु परेको उहाँले गुनासो गर्नुभयो । पुस्तौँदेखि मोहीले कमाएको जग्गा थाहा नदिई धनीले चक्लाबन्दी गरेको गुनासो पनि समितिमा दर्ता भएको छ ।

तीन पुस्ता अघिदेखि कमाउँदै आएको जग्गा मोहीलाई थाहा नदिई धनीले खण्डीकरण गरेको उजुरीमा प्रहरी प्रशासनले केही नगरेपछि न्यायिक समितिको ढोका ढक्ढक्याउन बाध्य हुनुपरेको पीडित शिवप्रसाद पुडासैनीले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu