ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु मदिरामा चप्पल, पिसाब र प्याड


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   २ : ११   बजे


काठमाडौं, ३ जेठ । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताउनुभयो । “सात वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्धले समेत मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले घरेलु हिंसा बढ्यो”, वडाध्यक्ष सार्कीले भन्नुभयो, “दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिले आधा समय त्यसमा खर्चिनुपर्ने अवस्था आयो ।” वडाका विभिन्न टोलमा गरेर अहिलेसम्म पाँच हजार लिटरभन्दा बढी उत्पादित घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको बाह्रहाङ्गे टोल विकास संस्थाका रिखा घर्तीले बताउनुभयो ।

“गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराइदिनुपर्ने दैनिक कामजस्तै भयो”, घर्तीले भन्नुभयो, “कति दिन सहने ? सबै समस्याको एउटै कारण घर पालुवा रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान शुरु भयो ।” अभियानको पहिलो दिन दुई हजार ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । बिहीबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताउनुभयो ।

घोराही उपमहानगरपालिका–४ बाह्रहाङ्गे, माथिल्लो भकारे र तल्लो भकारे, त्यसैगरी माझडाँडा, डाँडागाउँ, ढुङ्गेडाँडा, फल्लेडाँडा, राजधानी टोल, पारखेतलगायतका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाइएको इन्चार्ज बुढाथोकीले बताउनुभयो । घरमै उत्पादन गरेर बिक्रीवितरण हुने मदिरामा महिला महीनावारी हुँदा प्रयोग गरिने प्याड, पुराना चप्पल, पुराना कपडा र पिसाब मिसावट हुने गरेको वडाध्यक्ष सार्कीले बताउनुभयो । नियन्क्रणमा लिएर नष्ट गर्ने त्रममा कच्चा पदार्थ राखिएका ड्रमभित्र प्रयोग गरिएका सेनेटरी प्याड, पुराना चप्पल, कपडा भेटिएको उहाँले बताउनुभयो ।

साथै कच्चा पदार्थसँगै राखिएको अवस्थामा अभियानकर्मीले एक ग्यालिन मानिसको पिसाबसमेत बरामद गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बुढाथोकीले बताउनुभयो । घरेलु मदिराको विरुद्धमा स्थानीय रूपमा सञ्चालन भएको अभियानले छापा मार्दा केही घरमा चप्पल मिसाइएको जाँड बरामद गरेको थियो भने एक ग्यालिन मानिसको पिसाब सङ्कलन गरेर राखिएको अवस्थामा फेला पारिएको थियो । टोल विकास संस्थाका पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रमभित्र दुई जोर चप्पलसमेत भेटिएको बताउनुभयो । “रक्सी पार्नका लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको रहेछ, त्यो फाल्ने क्रममा भेटियो”, उहाँले भन्नुभयो, “एउटा घरमा एक जर्किन मान्छेको पिसाब सङ्कलन गरेर राखिएको थियो ।” प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुनसक्ने बताएको छ ।

त्यसका लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारवाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताउनुभयो । वडाध्यक्ष भीमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्यूनीकरण गर्न मदिरा फाल्ने अभियान शुरु भएको भन्दै यसलाई नियमितरूपमा अगाडि बढाउने बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group