ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा शुद्धोधनको प्राचीन दरबार अवलोकन


एबीसी न्यूज
४ जेष्ठ २०७६, शनिबार   ६ : १०   बजे


काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो । उहाँले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेकोसमेत बताउनुभयो ।

प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी झ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यक्रममा आउनुभएका प्रधानमन्क्री ओली सोही क्रममा तिलौराकोटको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शङ्कर पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्क्री चत्रपाणी खनाल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खनन, अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली तिलौराकोट क्षेत्रमा पश्चिम गेटबाट पैदल हिँडेर प्राचीन ऐतिहासिक संरचनाको अवलोकन र जानकारी लिनुभएको थियो । तिलौराकोटमा विगत छ वर्षदेखि बेलायतको दुहार्म विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन, अनुसन्धान गरिरहेको छ । तिलौराकोट विश्वसम्पदा सूचीका लागि प्रस्तावित स्थलसमेत हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group