ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्छ, : नेता कोइराला


admin
४ जेष्ठ २०७६, शनिबार   २ : ४३   बजे

काठमाडौं,४ जेठ । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उहाँले काँग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उहाँले भन्नुभयो । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उहाँको भनाइ थियो ।

नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि काङ्ग्रेस अग्रसर हुनुपर्दछ ।’’ सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“काङ्ग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ, काङ्ग्रेस बलियो बनाउन पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,”–उहाँले भन्नुभयो । काङ्ग्रेस जागरण अभियान चितवनका केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरीले जागरण अभियानले पार्टीभित्र जागरण पैदा गराउने बताउनुभयो । “जागरण अभियानले पार्टीलाई थप बलियो बनाउन मद्दत पुग्छ,”–उहाँले भन्नुभयो । नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले पार्टीभिक्र महिलालाई सशत्त बनाएर अगाडि बढाउन नसकेसम्म काङ्ग्रेस बलियो हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group