ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को वर्ष ‘वैशाख डे’ लुम्बिनीमा मनाउनेछौँ – प्रधानमन्त्री


एबीसी न्यूज
५ जेष्ठ २०७६, आइतबार   ६ : ५५   बजे


काठमाडौं, ५ जेठ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका नायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष ‘वैशाख डे’ मनाउने निर्णय गरेको बताउनुभएको छ ।

शनिवार भगवान् बुद्धको २५६३औँ बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहारमा आयोजना गरिएको सभामा उहाँले भियतनाम तथा क्याम्बोडिकाको भ्रमणका अवसरमा विश्वका बुद्धधर्मावलम्बी तथा नेतालाई अर्को वर्ष लुम्बिनीमा हुने वैशाख डेमा भाग लिन आउन आमन्त्रण गरेको जानकारी दिनुभयो । नेपालमा बुद्ध जन्मेको भए पनि विश्वलाई शान्ति, सद्भाव तथा दया, माया तथा भ्रातृत्वभावको मार्ग देखाएको बताउँदै प्रधानमन्त्री ओलीले बुद्धको ज्ञानलाई २५०० वर्षपछि पनि सूत्रबद्ध गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भगवान् बुद्ध त्यस्तो व्यक्ति हुनुहन्छ, उहाँले प्राप्त गरेको बोधिज्ञानले २५०० वर्षभन्दाअघिदेखि विश्वलाई प्रज्वलित गरिरहेको छ ।” प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्म लुम्बिनीमा नै भएको हो भनी स्तम्भ निर्माण गरेर बुद्ध जन्मको इतिहासलाई जीवित पार्ने तथा प्रमाणका रुपमा स्तम्भ निर्माण गर्ने सम्राट अशोकको पनि स्मरण गर्नुभयो । नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेराले विश्वभर शान्ति र सद्भाव फैलाउने भगवान् गौतमबुद्धको ज्ञान आज पनि महत्वपूर्ण रहेको बताउँदै बुद्धजयन्तीको दिन श्रीलङ्कामा बिदा दिइने गरेको चर्चा गर्नुभयो । उहाँले सन् १९९० मा बुद्धको जन्म, बोधिज्ञान प्राप्त तथा महापरिनिर्वाणको दिवसको दिनलाई वैशाख डेका रुपमा मनाउने संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको जानकारी दिनुभयो ।

नेपाल र श्रीलङ्काबीच सन १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि द्विपक्षीय मैत्रीसम्बन्ध विकास भएको चर्चा गर्दै लुम्बिनी, रामग्राम, निग्लिहवा, गोटीहवाजस्ता थुप्रै बुद्धधर्मको तीर्थस्थलले दुई मुलुकबीचको धार्मिक सम्बन्ध थप प्रभावकारी भएको बताउनुभयो ।

बुद्धजयन्ती समारोह समितिका उपाध्यक्ष भिक्षु कौदन्य महास्थवीरले भियतनाममा हालै सम्पन्न वैशाख डेमा प्रधानमन्त्रीका साथ भियतनाम जान पाएको र त्यहाँ प्रधानमन्त्रीले अर्को वर्ष लुम्बिनीमा वैशाख डे मनाउने घोषणा गरी विश्वका नेतालाई आमन्त्रण गरेको स्मरण गर्दै अर्कौ वर्ष हुने वैशाख डेमा सरकारलाई सफलता मिलोस् भनी कामना गर्नुभयो । उहाँले विसं १९८१ तिर नेपालमा राणा शासनले भिक्षुलाई बुद्धधर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको स्मरण गर्दै चन्द्रागिरि डाँडा कटाई देश निकाला भएका आठ जना भिक्षुलाई विसं २००३ मा मात्र देशमा प्रवेश पाएको स्मरण गर्नुभयो । २५६३ औँ बुद्धजयन्ती समारोह समितिका महासचिव भिक्षु प्रियदर्शी महास्थवीरले बुद्धको शिक्षालाई सबैले व्यवहारमा उतार्न सकेमा देशमा सच्चा शान्ति हुने बताउनुभयो । बुद्धजयन्ती समारोह समितिका अध्यक्ष एवं आनन्दकुटी विहारका प्रमुख भिक्षु मैत्रय महास्थवीरले गौतमबुद्धको जन्मभूमि नेपालमा शान्तिको सन्देश प्रचारप्रसार गर्ने तथा बुद्धको ज्ञान जनजनमा फैलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group