ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना स्तरीय र दिगोपना हुनुपर्नेमा जोड


एबीसी न्यूज
५ जेष्ठ २०७६, आइतबार   १ : २१   बजे


बैतडी , ५ जेठ । स्थानीय तहका योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ वटै वडामा जनप्रतिनिधि र योजना छनोट प्रक्रियामा सहभागी समुदायका अगुवाका लागि अझिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।

रेडत्रस बैतडीले सञ्चालन गरेको सञ्चालन गरेको योजना तर्जुमा गोष्ठीमा सहभागीले योजना छनोट गर्दा स्तरीय र दिगोपना ल्याउने खालका योजना बनाउन सक्षम बनाउन अझिमुखीकरण कार्यक्रम गरिएको रेडत्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताउनुभयो ।

जनप्रतिनिधि र वडाका अगुवा समुदायले वडाको समृद्धि गर्ने स्थानीयवासीको आवश्यकता र मागका आधारमा योजना निर्माण गर्न सक्षम बनाउन प्रत्येक वडामा अभिमुखीकरण गर्न थालिएको दशरथचन्द नगरपालिकाका समाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो ।

योजना छनोटका चरण, योजना छनोट गर्दा वडावासीको चाहना, माग, आवश्यकता र समुदायलाई लाभ पुग्ने किसिमबाट योजना निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह गरिँदै आएको नगरपालिकाले जनाएको छ । समुदायको वास्तविक समस्या पहिचान गरी निष्पक्ष ढङ्गले योजना छनोट गर्दा सबैलाई लाभ पुग्नसक्ने वडा नं ६ का वडाध्यक्ष गजेन्द्रसिंह रावलले जानकारी दिनुभयो ।

टोलटोलबाट सबैको चाहना र समस्या पहिचान गर्दै योजना छनोट र बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group