ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाण विधेयक स्वीकृत, गुठी विधेयक पेश


एबीसी न्यूज
६ जेष्ठ २०७६, सोमबार   ४ : ३६   बजे


काठमाडौं, ६ जेठ ।  “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत भएको छ ।

सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले विधेयकमा ३२ ठाउँमा संशोधन गरिनुभन्दा नयाँ ल्याइनुपर्ने, विज्ञान प्रविधिको विकासले प्रमाणका नयाँ आयाम आएकाले त्यसअनुसार विधेयकलाई परिष्कृत गरिनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद बद्री पाण्डेले विधेयक पढ्दा सरकारले पर्याप्त समय नदिएको र हेलचेक्र्याइँ गरेको आरोप लगाउँदै विद्युतीय कारोवार ऐन र यसमा के फरक छ भन्नेमा प्रष्ट नभएको बताउनुभयो ।

सांसद विन्दादेवी आले रानाले विधेयकको दफा १९ मा दोहोरो अर्थ लाग्ने ‘अदालतले चाहेको खण्डमा श्रव्यदृश्य लिनसक्ने’ वाक्यांशले कार्यान्वयनमा असहज हुन सक्ने बताउनुभयो । सांसद प्रकाश पन्थले बलात्कारका घटनामा प्रमाण लोप हुन सक्ने र बहिराले बोल्न नसक्ने भएकाले कसरी प्रमाणको सुनिश्चितता गर्ने भन्ने स्पष्ट हुनुपर्ने विचार राख्नुभयो । सांसदत्रय जीवन बुढा, वृशेषचन्द्रलाल र ठगेन्द्र पुरीले समसामयिक रुपमा विधेयक परिमार्जन गर्न सकिनेमा जोड दिनुभयो । सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले सर्वोच्च अदालतको रायसुझाव लिएर विधेयक संसद्मा पेश गरिएको बताउनुभयो ।

यसैगरी सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘गुठी विधेयक, २०७५’ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group