ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना महामार्ग निर्माण शुरु, तीनवटै प्रदेशका ३५ जिल्ला सदरमुकामसम्म पु¥याइने


एबीसी न्यूज
७ जेष्ठ २०७६, मंगलबार   ८ : १४   बजे


काठमाडौं, ७ जेठ । दूर दराजका नागरिकलाई सूचनाको पहुँचमा पु¥याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले सोमवारदेखि अप्टिकल फाइबर बिछ्याउने काम अगाडि बढाएको हो । धादिङको गल्छी, धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट एकैसाथ फाइबर बिछ्याउने कार्य शुरु गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म फाइबर बिछ्याउने कार्यक्रम रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३५ जिल्ला सदरमुकामसम्म पु¥याइनेछ ।

शुरुआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त सूचना महामार्गको आज गल्छी गाउँपालिका–४ मासटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई सार्थक तुल्याउने उपयुक्त माध्यम सूचना र प्रविधि हो । विश्वलाई एउटा कुनामा सीमित पारिदिन आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोगबाटै समृद्धिको यात्रालाई सार्थक बनाइने अपेक्षा गर्न सकिन्छ । सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो ।

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक शुरुआत भएको छ । सरकारको उक्त परियोजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करीब रु नौ अर्ब लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सोही योजनाअनुसार प्रदेश १ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई रु चार अर्ब ८८ करोड उपलब्ध गराएको थियो । उक्त सम्बन्धमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश नं ५ मा यूटिएल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएको छ । त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डिडब्लुडीएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता भएको जनाएको छ । प्रदेश नं २ अन्तर्गतका सबै जिल्लामा १८ महीनामै काम पूरा गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य शहरमा नौ महीनाभित्र उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामाको तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ । सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शिता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ ।

त्यस्तै ई हेल्थ र ई लर्निङ जस्ता सुविधामा जनताको पहुँच पु¥याउन पनि यो सहयोगी हुनेछ । सञ्चार मन्त्रालयको तत्काल सुधार कार्ययोजना–२०७२ मा ग्रामीण दूर सञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाललाई देशव्यापी विस्तार गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ब्रोड ब्याण्ड सेवा पु¥याउन पूर्वाधारको विकास गर्ने लक्ष्य लिइएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव वीरेन्द्रप्रसाद मिश्रले डिजिटल नेपाल फ्रेमवर्कको पहिलो खुड्किलो भएको उल्लेख गर्नुभयो । सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन कनेक्टिभिटी चाहिन्छ, त्यो पनि चाँडो । त्यसका लागि अप्टिकल फाइबर प्रविधि उपयुक्त हुन्छ । यो प्रविधिले गाउँगाँउसम्म सूचना सञ्जाल विस्तार गर्न मद्दत पुग्छ । दूर दराजका जनताले सहजै केवल टिभी नेट सञ्चालन गर्न सक्छन् । यो सूचना महामार्गको रुप हो । यसलाई पूर्वपश्चिम, उत्तर दक्षिण, शहरदेखि दुर्गम गाउँसम्म विस्तार गरिनेछ । यसबाट चौथो पुस्ताको मोबाइल सेवाको सुविधा पुग्छ । डिजिटल नेपालको आठ आधारमध्ये पहिलो डिजिटल फाउण्डेशनमा अप्टिकल फाइबर महत्वपूर्ण पाटो बन्ने सह–सचिव मिश्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group