ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह


एबीसी न्यूज
७ जेष्ठ २०७६, मंगलबार   ११ : ५१   बजे

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड रहेका छन् । प्रमुख कुँवरका अनुसार गत वैशाख २७ गते बसेको बैठकले साझेदारी निकासँग समन्वय नगरी आ–आफ्नो ढङ्गबाट काम गर्दा प्रभावकारीरूपमा काम हुननसकेको भन्दै जेठ १ गते ती निकायलाई पत्राचार गरिएको हो ।

“व्यवस्थित शहर निर्माणका लागि कामपा एक्लैले वा साझेदार निकाय मात्रैले निर्माण गर्न नसक्ने हँुदा समन्वय गर्नकै लागि पत्राचार गरिएको हो”, कुँवरले भन्नुभयो । पत्रअनुसार सडक विभाग र डिभिजन सडक कार्यालयलाई पठाइएको पत्रमा नौ वटा काम उल्लेख छन् । जसमा सडकपेटीमा जडान गरिएका रेलिङबार राख्ने र मर्मतसम्भार गर्ने, विशिष्ट व्यक्तिको आवतजावत हुने सडक र मुख्य सडकमा जेब्राक्रस चिह्न लगाउने, सडकको दायाँबायाँ र बीचमा गरिने ट्राफिक चिह्न राख्ने कामलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै महानगरपालिका क्षेत्रभित्रका सडक सञ्जालमा कुन सडक कुन निकायको जिम्मेवारीमा पर्छ ? यकिन गरेर पठाउने, सडकको विभिन्न चोकमा जडान गरिएका ट्राफिक बत्तीलाई तुरुन्त मर्मतसम्भार गर्ने र थप ट्राफिक बत्ती जडान गर्नुपर्ने भएमा स्थान पहिचान गरी जडान गर्ने काम पनि विभाग र डिभिजन कार्यालयलाई तोकिएको छ ।

सडकको दाँयाबायाँ माटो थुपारेर राखिरहने कामलाई निरुत्साहित गर्ने, सडक विस्तारलगत्तै सडकमा धुलो नउड्ने व्यवस्था मिलाउने र उक्त सडकको मर्मतसम्भार तुरुन्त गर्ने, निर्माण मर्मतसम्भारपश्चात बाँकी रहेका निर्माण सामग्री र निर्माणजन्य फोहर तुरुन्त हटाई सफा गर्ने÷गराउने काम पनि सडक विभाग र डिभिजनलाई दिइएको छ । विद्युत् प्राधिकरणलाई चार जिम्मेवारी दिइएको छ । सडकका दायाँबायाँ जडान भएका विद्युत् र टेलिफोनका पोलमा टाँगिएका केबुल टेलिभिजन र अन्य सञ्चारका तारको व्यवस्थापन प्राधिकरणका मुख्य काम तोकिएको छ । यस्ता तारको व्यवस्थापनका लागि अल्पकालीन र मध्यकालीन योजना तथा कार्यक्रम बनाउनुपर्ने, सडक विस्तारमा परेका विद्युत् र टेलिफोनका पोललाई सडक विस्तारसँगै तुरुन्त हटाउने व्यवस्था मिलाउने, सडक किनारमा रहेका तार नभएको पिलर हटाउने, बाङ्गाटिङ्गा पिलर सोझ्याउने काम प्राधिकरणले गर्नुपर्नेछ ।

त्यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले, ठाउँठाउँमा जाम भएको ढल खोल्नुपर्ने, पुरानो ढल फेर्नुपर्ने काम तोकिएको छ । सडकमा ढल जाम भएर सडकमा आवतजावत अवरुद्ध हुने भए आउँदो बर्खा अगाडि नै उक्त समस्याको समाधान लिमिटेडले गर्नुपर्नेछ । यसका लागि सम्भावित क्षेत्रको ढलको मङ्गाल (मेनहोल) सफाइ गर्ने, आकस्मिकरूपमा ढल जाम भएको स्थानमा गएर ढल खोल्न स्रोतसाधनसहित जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । वर्षात्को समयमा आकस्मिकबाहेक ढल निर्माण तथा जडान नगर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, ढल मर्मतसम्भार तथा जडानपछि बाँकी रहेको निर्माण सामग्री र निर्माणजन्य फोहर तुरुन्त हटाउने, निर्माणकार्य गर्दा निर्माण गर्ने कम्पनीको नाम र निर्माण सम्पन्न गर्ने समय उल्लेख भएको बोर्ड निर्माणस्थलमा राख्न लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउन पत्रबाट अनुरोध गरिएको हो ।

यता, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका भागमा सात काम परेका छन् । महानगर क्षेत्रभित्र खानेपानीका पाइपलाइन जडान गर्ने कामको तालीका बनाएर मात्र ठेकेदार÷कम्पनीलाई काममा लगाउने, खानेपानी विस्तारसँग सम्बन्धित काम सकेसम्म रातको समयमा गर्ने व्यवस्था मिलाउने, पाइप जडानकार्य गर्दा सडकमा निर्माण सामग्रीले सवारीसाधन तथा यातायात आवागमनमा बाधा नपु¥याउने र वरिपरि धुलो ननिस्कने गरी छोपेर कार्य गर्ने निर्देशनालयले गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group