ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने– मुख्यमन्त्री राई


एबीसी न्यूज
८ जेष्ठ २०७६, बुधबार   १२ : २५   बजे


काठमाडौं, ८ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभयो । उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि ‘सगरमाथा टिम क्लब गठन गरेर हामी अगाडि बढौँ’ भन्ने मूल नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुसियैतले काठमाडौँपछि सुनसरी आपराधिक र दुव्यर्सन गतिविधि हुनेमा दोस्रो जिल्लाका रुपमा रहेकाले यस्ता गतिविधिलाई निस्तेज पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रहरीले सञ्चालन गरेको दुव्र्यसनविरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि १६ विद्यालयमा फ्रेन्ड क्लब गठन गरेर अभियान सञ्चालन गरेको छ ।

कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश नं १ का वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, जिल्ला समन्यव समिति सुनसरीका उपप्रमुख कृष्णकुमारी विक, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्कालगायतकाले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Norway Mourns King Harald V as Son Ascends to Throne

Far-Right Provocateur Milo Yiannopoulos Deported to UK by US Authorities

Nawalpur Authorities Prepare for Burial of Unidentified Flood Victims

Hundreds Remain Missing After Nepal Flash Floods Hit Hydropower Projects

China and India Deploy Tunnel Rescue Teams Following Nepal Flash Floods

Nepal Receives Over $40 Million in Disaster Relief Funding

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu