ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो गर्मीका कारण जनजीवन कष्टकर


एबीसी न्यूज
८ जेष्ठ २०७६, बुधबार   २ : ४४   बजे


काठमाडौं, ८ जेठ ।  लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो ।

बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन् । चर्को घामको रापले बन्द व्यापार, बजार चहलपहल र कार्यालयमा सेवा लिन पुग्ने निकै घटेका छन् । दैनिक दुई÷तीन सयको हाराहारीमा सेवाग्राही आउने गरेकामा अहिले यो सङ्ख्या १०÷१५ मा झरेको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विदुर भट्टराई बताउनुहुन्छ ।

प्रचण्ड गर्मी बढेसँगै महोत्तरीको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा खानेपानीका मुहान धमाधम सुक्दै जाँदा खानेपानीको सङ्कट समेत बढेको छ । जेठ लागेयता मात्रै आफ्नो बस्तीका १५ इनार स्याप्पै सुकिसकेका बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृत महतोले बताउनुभयो । बर्दिवासमा आज बिहान सूर्योदयकै बेला तापक्रम ४० डिग्री सेल्सियस देखाइएको छ । बर्दिवासको भोला वसन्त चोकस्थित प्रहरी बिटमा राखिएको विद्युतीय मौसमी पात्रोले हिजो मङ्गलबार दिउँसो ३ बजे यहाँको तापक्रम ४२ डिग्री सेल्सियस देखाएको थियो । जेठ लागेयता पानी नपरेर लगातार घामको राप बढ्दै गएपछि स–साना रुख बिरुवा पहेँलिन थालेका छन् । लहरे तरकारीका विरुवा सुकेर खङ्रङ्ग हुँदै गएपछि किसान गुजाराको चिन्ताले पिरोलिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu