ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरु हुँदै


admin
३१ आश्विन २०७४, मंगलबार   १ : ५२   बजे

बेइजिङ, ३१ असोज ।  चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरु हुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ । ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ ।

भोलि बिहान हुने उक्त सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ ।

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन् । उनीहरुमध्ये अधिकांश आज नै बेइजिङ आइपुग्दैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

सरकारलाई प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा ज्ञानेन्द्र शाहीको आपत्ति

सम्बन्धित

नेशनल लाइफको चारदिने ब्रान्च म्यानेजर्स कन्फ्रेन्स सम्पन्न

पुराना र निष्क्रिय सन्धि–सम्झौता पुनरावलोकन गर्ने सरकारको तयारी : परराष्ट्रमन्त्री खनाल

साताको पहिलो दिन नेप्से ९ अंकले घट्यो, ३ अर्ब ६७ करोडको कारोबार

दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड बैंक लगानी

नेप्से ९ अंकले घट्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक ९ अंकले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu