ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा –चिनियाँ राजदूत


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ८ : १८   बजे


काठमाडौं, १० जेठ । चीनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै सम्पन्न चीनको राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएको छ ।

नेपालसँगको सम्बन्धलाई अतिउच्च महत्व दिएको र उसको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको रक्षासँगै प्रगतिको पथमा उन्मुख हुने चाहनामा सघाउन प्रतिबद्ध रहेको पनि चीनले स्पष्ट गरेको छ ।

राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण, दोस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनलगायत चिनियाँ चासोका समसामयिक विश्व राजनीतिका विषयबारे मूलधारका प्रमुख सञ्चारमाध्यममा कार्यरत पत्रकारसँग आफ्नै निवासमा कुरा गर्दै नेपालका लागि हाउ यान्छीले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताउनुभयो ।

‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनमा ३८ मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका र त्यसमा नेपालका राष्ट्रपतिले प्रकट गरेको अभिमतको सबैले सराहना गरेका तथा राजकीय भ्रमणका क्रममा भएका सम्झौताले नेपाल–चीन सम्बन्धमा नयाँ आयम थपिएको उहाँले बताउनुभयो । चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीबाट रेलमार्ग निर्माणका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौताले नेपालको व्यापार विविधिकरणमा हुने र नेपालको व्यापार वृद्धिमा त्यसले योगदान पुग्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

चिनियाँ रेलमार्ग नेपालसम्म निर्माण गर्न अति जटिल भए पनि त्यो असम्भव नरहेको, भौगोलिक विकटतालाई दृष्टिगत गरीे वैज्ञानिक ढङ्गले सम्भाव्यता अध्ययन गरिने जानकारी दिँदै चिनियाँ राजदूतले तीन वर्षभित्रमा त्यो सम्पन्न गरिने बताउनुभयो । “पूर्व सम्भाव्यता अध्ययनमात्र भएको छ, अब सम्भाव्यता अध्ययन, त्यसपछि रेलमार्गको ढाँचा तयारी, लगानी अनि निर्माणको चरण” चिनियाँ रेल नेपाल आउन समय लाग्ने र त्यसअघिका कामको संक्षिप्त विवरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो । रेलमार्ग निर्माणका निम्ति चीन सरकार प्रतिबद्ध रहेको र त्यस निम्ति नेपालका सम्बन्धित निकाय पनि लागिपरेकामा आफूलाई खुशी लागको बताउँदै राजदूत हाउले निर्माणको प्रारुप, लगानीजस्ता विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिनुभयो ।

तातोपानी नाका अर्को साता खुल्दै भूकम्पपछि पूर्णरुपमा बन्द भएको तातोपानी नाका आगामी साताअर्थात् जेठ १५ देखि सञ्चालन हुने भएको छ । “नाका क्षेत्रका भौतिक संरचनाको पुनःनिर्माण अन्तिमचरणमा पुगेको छ । लार्चा सुक्खा बन्दरगाहमा सोझै मालवाहक सवारी साधनमात्र सञ्चालन हुनेछन् । भूकम्पअघिकोजस्तो दोहोरो आवागमन हुनेछैन । अहिले पनि तातोपानी र आसपासको क्षेत्र उच्च जोखिममा छ”, नेपाल–चीन व्यापारलाई सहज तुल्याउने उद्देश्यले मालवाहक सवारी साधनका निम्ति बेइजिङले बाटो खोलेको जानकारी दिँदै भन्नुभयो ।

‘नेपालको कानून मान्नुपर्छ, व्यक्तिगत तहमा त्रुटि भएको हो’ ठमेलस्थित चिनियाँ उद्यमी–व्यवसायीबाट वी च्याट र अलि पेमार्फत् भुक्तानी लिनु त्रुटि भएको बताउँदै चीनले यहाँ व्यापार–व्यवसाय गर्ने हरेक विदेशीले नेपालको कानूनको अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएको छ । नेपालको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्टलाई वैधानिक बनाएर अघि बढाउन चीनले चाहेको राजधानीस्थित चिनियाँ दूतावासका अर्थ एवं वाणिज्य विभाग प्रमुख जाङ फाङले बताउनुभयो ।

चिनियाँ पेमेन्ट एप वी च्याट र अली–पेलाई नेपालमा प्रतिबन्ध लगाउनेभन्दा पनि त्यसलाई वैधानिक रूपमा कारोवारका लागि मार्ग प्रशस्त गर्न नेपाल सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल तुल्याउन पनि त्यसो गर्नु अपरिहार्य भएको उहाँको अभिमत थियो । बीआरआईलाई ऋणको पासो होइन केही देशले बीआरआईलाई ऋणको पासोको रुपमा चित्रण गरेकामा त्यसको प्रतिवाद गर्दै चिनियाँ राजदूतले त्यसमा सहभागी देशको चौतर्फी विकासलाई नै बिआरआईले केन्द्रमा राखेको बताउनुभयो ।

“अविकाशको पासोबाट मुक्त गर्ने बाटो हो बिआरआई अनि भूराजनीतिक लाभ लिन वा कसैलाई नेतृत्व गर्न, शक्तिशाली हुन होइन, हामी सहकार्य गर्दै अघि बढेका छौँ, हाम्रो धारणा स्पष्ट छ, समान विकास, खुला र पारदर्शी सहकार्य बिआरआइका मानक हुन्”, उहाँले प्रष्ट्याउँदै भन्नुभयो । नेपाल पनि त्यस्तो ऋणमा नपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रणलाई राष्ट्रपति सीले सकारात्मक जवाफ दिएको र दुवै देशलाई उपयुक्त हुने समयमा उहाँ काठमाडौँ आउने राजदूत हाउले बताउनुभयो । नेपालमा सर्वाधिक विदेशी लगानी गर्ने मुलुक चीन भएको र दोस्रो ठूलो व्यापारको साझेदार चीनले नेपालमा वसन्तपुरको नौतले दरबार, दरबार हाइस्कूल, अन्तर्राष्ट्रिय खेलकूद केन्द्रको पुनःनिर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, माथिल्लो त्रिशूली तीन–ए ३० मेगावट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको, भेरी–बबई बहुउद्देश्यीय परियोजनाको सुरुङ निर्माण, तातोपानी नाका आगामी साता सञ्चालन गर्ने योजनाका साथ चीन र नेपालले काम गरिरहेको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने नेपाल सरकारको उद्देश्य पूरा गर्न चीनले निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत हाउले दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारी गर्ने बताउनुभयो । तथ्यपरक एवं वस्तुपरक समाचार सम्प्रेषणबाट नै चीन नेपाल सम्बन्ध सुदृढ हुने विचार व्यक्त गर्दै उहाँले चीन र अमेरिकाबीचको द्वन्द्व दुवै देशका उच्च नेतृत्वले समाधान गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group