ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यविनायकद्धारा ३७ कानून निर्माण, लक्ष्यभन्दा ३२७ प्रतिशत राजश्व वृद्धि


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ५ : ४४   बजे


काठमाडौं, १० जेठ । सूर्यविनायक नगरपालिकाले दुई वर्षको अवधिमा ३७ वटा नयाँ कानूनको निर्माण गरेको जनाएको छ ।

सूर्यविनायक नगरपालिकामा जननिर्वाचित प्रतिनिधिले पद बहाली गरेको आज दुई वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले ३७ वटा नयाँ कानून निर्माण भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाले चालू आव ०७५÷७६ को १० महीनामा भौतिक विकासतर्फ ७९ प्रतिशत प्रगति हासिल गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि चालू खर्चतर्फ रु ३९ करोड २४ लाख ४३ हजार र पूँजीगततर्फ रु ३७ करोड ४५ लाख २७ हजार गरी कूल रु ७६ करोड ४५ लाख २७ हजारको वार्षिक बजेट स्वीकृत गरिएकामा ०७६ वैशाख मसान्तसम्म चालूतर्फ ७९ प्रतिशत र पूँजीगततर्फ ७१ प्रतिशत रकम खर्च भएको रकम रहेको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

आव ०७५÷७६ मा रु १२ करोड १० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा गत वैशाख मसान्सम्म रु ३९ करोड ५४ लाख ८९ हजार ९५७ राजश्व सङ्कलन गरेको उहाँको भनाइ थियो । उहाँका अनुसार नगरपालिकाले १० महीनाको अवधिमा ३२७ प्रतिशत आन्तरिक राजश्व वृद्धि गरेको छ । गत वैशाख मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु २८ करोड, ३५ लाख, १४ हजार ९५७, सङ्घको राजश्व बाँडफाँटमा रु नौ करोड १४ लाख ६५ हजार, प्रदेशको राजश्वतर्फ रु दुई करोड, नगद लागत साझेदारी रकम रु दुई करोड पाँच लाख, सामाजिक सुरक्षा भत्तावापत रु चार करोड ८६ लाख, सङ्घको समानीकरण अनुदान रु १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान रु ९२ लाख ८२ हजार, सङ्घको सशर्त अनुदान रु १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु पाँच करोड ८५ लाख, सडक बोर्डको रकम रु २५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु एक करोड पाँच लाख र अन्य आय रु एक करोड ५७ लाख गरी जम्मा रु ९१ करोड ७७ लाख ३५ हजार ७०७ नगरपालिकाको आम्दानी भएको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा वडा गतरुपमा १४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ११३ वटा योजना हालसम्म सम्पन्न भइसकेको छ । बाँकी २३ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ वटा योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपत्यकाको सडक विस्तारमा योगदान पु¥याउँदै आएको उपत्यका विकास प्राधिकरण खारेज गर्न नहुने बताउनुभयो । उहाँले भक्तपुरमा सबै केबुल तार अण्डरग्राउण्ड गर्न रु १० अर्ब लागत लाग्नेमा हाल रु डेढ अर्ब रकम विनियोजन गर्न सफल भएको बताउँदै उहाँले अरनिको राजमार्गलाई हरियाली बनाउने अभियान र डोलेश्वर एवं अनन्तलिङ्गेश्वरमा हरियाली पार्क बनाउने कार्यको शुरुआत हुन लागेको बताउनुभयो ।

सांसद बस्नेतले युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा लैजान रु दुई करोड ५० लाख, हनुमन्ते करिडोर आगामी वर्ष निर्माण सम्पन्न गर्नेगरी थप रु एक अर्ब ५० करोड, मनोहरा करिडोर बहुवर्षीय आयोजनामा पार्न सफल भएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, पत्रकार सोम शर्मा बजगार्इं लगायतले देशकै नमूना नगरपालिकाका रुपमा सूर्यविनायक नगरपालिकाको काम गरिरहेको बताउनुभयो । (तस्बीर उपलब्ध छ) –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

France Faces Escalating Wildfires Amidst Firefighter Staffing Crisis

Customers Now Surveilling Workers With Wearable Cameras

UAW Members Vote on Leadership as Union Pursues Reform

Tim Curry Remembered as a Joyful Performer Throughout Six-Decade Career

Ratko Mladic’s Death Offers No Closure As Fascist Ideologies Persist

Pakistan Sends Relief Aid Following Deadly Nepal Floods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu