ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका सम्बन्धी नियमावली आउँदै– मन्त्री थापा


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ५ : ५३   बजे


काठमाडौं, १० जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकाको हितमा कार्यरत नेपाल बाल सङ्गठनलाई मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको जनाएको छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा उहाँले बालबालिकाको हितमा कार्यरत नेपाल बालसङ्गठनलाई महिला मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको बताउनुभयो । हाल सो सङ्गठन गृह मन्त्रालयअन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिनुभयो । सङ्गठनको सञ्चालनसम्बन्धी छुट्टै आफ्नै विधान रहेको छ । मन्त्री थापाले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन लागिएको जानकारी दिँदै एकीकृत बालगृह सञ्चालन मापदण्ड लागू गरिने र तीनै तहमा रहने गरी बालअधिकार परिषद्, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समिति गठनसमेत हुनेछ भन्नुभयो ।

उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा बजेट वृद्धिको आवश्यकता रहेको बताउनुभयो । समितिका सभापति निरुदेवी पालले अनाथ बालबालिका संरक्षणका नाममा कति विदेशी पैसा आउँछन् ? यसका उपयोगिताका बारेमा मन्त्रालयले अनुगमन गर्न आवश्यक रहेको छ भन्नुभयो । बैठकमा समिति सदस्य नारायण खतिवडा र खेमप्रसाद लोहनीले वृद्धाश्रम खोल्ने प्रवृत्तिलाई अन्त्य गरी वृद्धवृद्धालाई घरपरिवारमा नै राख्नुपर्ने, बाल सङ्गठनको सञ्चालन जिल्ला समन्वय समितिअन्तर्गत हुनुपर्ने बताउनुभयो । समितिका सदस्य पार्वत गुरुङले बालमन्दिरका जमीन देशभर कहाँ के कति छन् ? खोज अध्ययन हुनु आवश्यक रहेको बताउनुभयो । सदस्यहरु हीरा गुरुङ, बिमला विश्वकर्मा, कृष्णकुमार राई तथा गङ्गा चौधरीले बालगृह सञ्चालनका प्रभावकारी अनुगमनको आवश्यकता रहेकामा जोड दिनुभयो ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रा शर्माले बालबालिकालाई बालगृहमा बस्न नपर्ने अवस्था ल्याउन मन्त्रालयले कार्यक्रम सञ्चालन गरिराखेको बताउनुभयो । बालगृह सञ्चालनको अनुमति लिएकाभन्दा अनुमति बिनाका बालगृह बढी सञ्चालनमा रहेका छन् । हाल ४६ जिल्लामा ५३३ बालगृह सञ्चालनमा रहेका छन् । मन्त्रालयका अनुसार तीमध्ये १७९ बालगृहले मात्र सञ्चालनको अनुमति लिएका छन् । ती बालगृहमा १४ हजार ८६४ बालबालिकाले आश्रय लिइराखेका छन् । तीमध्ये सात हजार १९४ बालक र सात हजार ६७० बालिका आवासीय संरक्षणमा रहेका छन् । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ ले निर्धारण गरेका मापदण्डअनुसार बालगृह सञ्चालन हुने गर्दछ ।

सो मापदण्डअनुसार १७९ बालगृहले मात्र केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिबाट बालगृह सञ्चालनसम्बन्धी अनुमति प्राप्त गरेका छन् । बैठकमा उपलब्ध गराएको विवरणका अनुसार काठमाडाँै उपत्यकामा सबैभन्दा बढी १९५ बालगृहमध्ये ५४ बालगृहले मात्र सञ्चालन अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

France Faces Escalating Wildfires Amidst Firefighter Staffing Crisis

Customers Now Surveilling Workers With Wearable Cameras

UAW Members Vote on Leadership as Union Pursues Reform

Tim Curry Remembered as a Joyful Performer Throughout Six-Decade Career

Ratko Mladic’s Death Offers No Closure As Fascist Ideologies Persist

Pakistan Sends Relief Aid Following Deadly Nepal Floods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu