ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेश सरकारद्धारा उत्पादनका आधारमा अनुदान दिन निर्देशन


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ७ : ५६   बजे


काठमाडौं, १० जेठ । गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको उपस्थितिमा उक्त समितिले कृषि मन्त्रालयको अहिलेको अनुदान दिने प्रक्रिया वितरणमुखी भएकाले यसलाई रोक्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले काम, क्षमता र उत्पादनका आधारमा प्रतिफल दिने गरी मात्र सरकारले अनुदान वितरण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कृषिमा अनुदान पैसा खर्च गर्ने हिसाबले मात्रै बाँडियो, वितरणमुखी प्रकारले दिएको अनुदान उपलब्धिमूलक हुँदैन, यसबाट लक्ष्य हासिल हुन सक्दैन, यस्तो प्रक्रिया तत्काल बन्द गर्नुहोस् ।”काम चलाउ र वितरणमुखी हिसाबले अनुदान बाँडिएको देखिएकाले सो प्रक्रिया रोक्न समितिले निर्देशन दिएको हो । प्रदेश सरकारले लागत साझेदारीमा पशुपालन, कृषि, मत्स्य, बाख्रा तथा तरकारीका नमूना फार्म स्थापना गर्ने गरी फार्म छनोट गरेर सम्झौता गरेको थियो ।

शुरुमा ४०० नमूना फार्म स्थापना गर्ने बताइए पनि पछि बढाएर ८२७ पु¥याइएको थियो । मन्त्री थापामगरले भने अनुदान दुरुपयोग नभएको र वास्तविक किसानले नै पाएकामा जोड दिँदै भन्नुभयो, “हामीले अध्ययन गरेरै अनुदान दिएका हौँ, वास्तविक किसानले नै अनुदान पाएका छन् ।” उहाँले आगामी वर्ष प्रत्येक पालिकामा उत्पादित वस्तु भण्डारणका लागि कोल्ड स्टोर निर्माण गर्ने, चक्लाबन्दी गरेर सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिने गरी कार्यक्रम तयारी गरिएको जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरु इन्द्रलाल सापकोटा, डोबाटे विश्वकर्मा, सरिता गुरुङ, पुष्पा केसी भण्डारी र राजीव गुरुङले अनुदानमा ४५ वर्षको उमेर हद राख्दा वर्षौंदेखि खेती गर्दै आएका किसान वञ्चित भएको, पहुँच र भनसुनका आधारमा अनुदान दिइएकाआरोप लगाइएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group