ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री एकदिवसीय क्रिकेट, उद्घाटन खेलमा आर्मी विजयी


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ७ : ३४   बजे


काठमाडौं, १० जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २७८ रन बनायो । २७९ रनको विजयी लक्ष्य पछ््याएको प्रदेश नं २ ले ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाई एक सय ७ रन मात्र बनायो । प्रदेश नं २ का लागि हरिशङ्कर साहले सर्वाधिक २१ रन बनाए । सम्साद शेखले १६, सुधीर चौधरीले १५, राशिद खानले १४ र सुरज पटेलले ११ रन बनाए । बलिङ्तर्फ आर्मीका शाहब आलमले चार विकेट लिए । सुशन भारीले तीन, जीतेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए ।

यसअघि आर्मीको ब्याटिङ शुरुआत राम्रो रह्यो । प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल र कप्तान विनोद भण्डारीले एक सय २१ रनको साझेदारी निभाए । रिजालले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन जोडे । भण्डारीले नौ चौकासहित ६६ रनको योगदान दिए । यस्तै रोहित पौडेलले ४७, हरिबहादुर चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रन बनाए । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर साहले तीन तथा राशिद खान, विवेक यादव र विशाल सुसलिङले एक÷एक विकेट लिए । प्लेयर अफ द म्याच आर्मीका राजु रिजाल भए ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेशका टोलीको सहभागिता छ । समूह ‘ए’ मा एपिएफ क्लब, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिन्दूराष्ट्रको माग गर्दै काठमाडौंमा पदयात्रा, लिङ्देनसहित विभिन्न नेता सहभागी

सुगौली र १९५० को नेपाल–भारत सन्धिको सक्कली प्रति छ कि छैन भन्नेबारे सरकार नै अनभिज्ञ

सम्बन्धित

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu