ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सुरक्षा कायम गर्न नागरिकसँग समन्वय गर्छु – डिएसपी थापा


एबीसी न्यूज
११ जेष्ठ २०७६, शनिबार   ११ : ४२   बजे


काठमाडौं, १० जेठ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले आचरण विरुद्ध हिड्ने प्रहरीलाई कारवाही गर्ने बताएका छन् ।

शुक्रवार पत्रकार भेटघाट गर्दै उनले प्रहरीभित्र आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता हुने बताएका हुन् । आफनै कुर्सीमा बस्न दिएर विवादमा परेका डिएसपी सुवास खड्का कारवाहीमा परेपछि उनको ठाउँमा नयाँ डिएसपी थापा आएका हुन् । काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डिएसपी थापा बिहीवारबाट अनारमनीमा हाजिर भएका हुन् ।

पत्रकारसँग कुरा गर्दै उनले बिर्तामोडको शान्ति सुरक्षा कायम गर्न नागरिकसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिर्तामोडको शान्ति सुरक्षा कायम गर्न कानुनको कठोर कार्यान्वयन गर्ने भन्दै उनले बिर्तामोडको टोले गुण्डाको गुण्डागर्दी अन्त्य गरिदिने बताएका छन् ।
इलाका प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने बताउँदै उनले असल नियत राखेर काम गर्ने जिकिर गरेका छन् ।

प्रहरी आर्थिक अनियमितता कारण विवादमा आउने भन्दै यस्ता गतिविधि रोक्ने सबै खाले प्रयास गर्ने थापाको भनाई छ । बिहीवार इलाका प्रहरी कार्यालय हाजिर भएका डिएसपी थापाले आफु बस्ने कुर्सी बदलेका छन् । प्रहरी प्रमुखको कुर्सीमा अर्कै व्यक्ति बसको जानकारी पाएका डिएसपी थापाले त्यो कुर्सी नै बदलेका छन् । उनले कुर्सी बदलेको सन्दर्भमा भने, त्यो कुर्सी आराम गर्ने प्रकृतिको रहेछ, मैले काम गर्न सहज हुने कुर्सी राखेको हुँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu