ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक रुपमा सम्मानजनक र समान सम्बन्ध


admin
२ कार्तिक २०७४, बिहिबार   ५ : २२   बजे

काठमाडौ. २ असोज । उत्तरमा चीनलाई छिमेकी राष्ट्र पाएको नेपालका लागि दक्षिणमा भारत छिमेकी राष्ट्र छ । चीनको तुलनामा भारतसँग नजिकको सम्बन्ध छ । तर, चीनसँग जस्तो भारतसँग सम्मानजक सम्बन्ध स्थापित हुन सकेको छैन । भारतको तुलनामा चीनसँग सम्बन्धको दुरी केही टाढा होला । तर, सम्बन्ध सबैभन्दा सम्मानजनक छ । त्यसैले, हरेक राजनीतिक घटनाक्रमका बेला नेपाल–चीन सम्बन्धको व्यख्या हुने गरेको छ । राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्याकाल सकिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन मार्फत पार्टी महासचिव निर्वाचित हुँदै पाँच वर्ष अगाडी सी जिनपिङ चीनको राष्ट्रपति निर्वाचित भएका थिए । यतिखेर चिनियाँ कम्युनिष्ट पार्टी १९औं महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनको क्रममा छ । त्यसैले, राष्ट्रपति सीको कार्यकालमा नेपाल–चीन सम्बन्ध कस्तो रहयो भनेर समिक्षा भइरहेको छ ।

राजनीतिक रुपमा सम्मानजनक सम्बन्ध
चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन मार्फत महासचिव निर्वाचित हुँदै सी जिनपिङ राष्ट्रपति निर्वाचित भएको बेला हाम्रो देश संविधान लेखन चलिरहेको थियो । छिमेकी देश भारतले नेपालको संविधान निर्माणमा सकारात्मक या नकारात्मक दुबै भूमिका निर्वाह गर्‍यो । त्यो समय, भारतले नेपाल एक सार्भभौमसत्ता सम्मपन्न स्वतन्त्र मुलुक भनेर सम्झन सकेन । तर, उत्तरी छिमेकी चीन र नयाँ राष्ट्रपति सी जिनपिङले भने नेपाल चीनसँग समान हैसित राख्ने मुलुक हो भन्ने कुरा स्मरण गरे । त्यसैले संविधान लेखनमा चीनले सुभेक्षा बाहेक केही गरेनन् । पछिल्लो समय चीनले छिमेकी देशको राजनीति समेत नियाल्न थालेको छ । तर, नेपालको हरेक राजनीतिक घटनाक्रममा भारत जस्तै चीनको नेपालमा प्रत्यक्ष संलग्नता छैन । राष्ट्रपति सीको पहिलो कार्यकालमा पनि चीनको पुरानो नीतिले निरन्तरता पायो । चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतम चीनले नेपालसँग सधै समानताको सम्बन्ध कामय गर्न तत्पर रहेको बताउँछन् । राष्ट्रपति सीको पालमा केपी शर्मा ओली र प्रचण्डले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गरेका थिए । नेपालका दुई प्रधानमन्त्रीको भ्रमणको क्रममा चीनले गरेको सम्मानले नै चीनले नेपालसँग समानताको सम्बन्ध कायम राखेको महासचिव गौतम बताउँछन् ।

सम्झौताले सम्बन्धमा न्यानोपन
२०१२ नोभेम्बरमा सी जिनपिङ चीनको राष्ट्रपति भएपछि चिनियाँ विदेश नीतिमा छिमेकी सम्बन्धले प्राथमिकता पाएको देखिन्छ । राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले नेपाल लगायत सीमा जोडिएका १४ छिमेकीसँग सम्बन्ध सुधारका लागि ‘पेरिफेरल पोलिसी’ अघि सारे । लगतै, राष्ट्रपति सीले सन २०१३ मा ‘बेल्ट एन्ड रोड’ अवधारणा अघि सारेका हुन । विश्वका ७० बन्दा बढी मुलुकले सहभागिता जनाएको यो परियोजनामा नेपालमा पनि सहभागी छ । विदेशी लगानीलाई प्रोत्साहीत गर्न नेपालमा राम्रो नीति बनेको छ । त्यही नीति अनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गर्ने मुलुकमध्ये चीन पहिलो स्थानमा छ । बेल्ट एन्ड रोड अवधारणा अनुरुप सिगात्से आइपुगेको चिनियाँ रेललाई सन २०२५ भित्र नेपालसम्म पुर्‍याउने काम राष्ट्रपति सीको कार्यकालमा प्राथामिकतामा परेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेको बेला पारवहन तथा यातायात सम्झौता भएको थियो । त्यस्तै, प्रचण्ड प्रधानमन्त्री भएको बेला बेल्ट एन्ड रोड समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यी दुई ऐतिहासिक कामले पनि राष्ट्रपति सीको पालमा नेपाल–चीन सम्बन्ध राम्रो भएको मान्न सकिने चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के बताउँछन् ।

चिनियाँया अपेक्षा र नेपाली व्यवहार
चीन र दक्षिण एसिया जोड्ने सेतुका रूपमा नेपालको भूमिका महत्वपूर्ण हुन्छ । त्यसले दक्षिण एसिया क्षेत्रको समग्र आर्थिक सामाजिक क्षेत्रमा दीर्घकालीन फाइदा हुन्छ भन्ने चिनियाँ पक्षको बुझाइ छ । चीन नेपाली भूमिको प्रयोग गरेर आफुमाथी कुनै पनि प्रकारको हस्तक्षेप नहोस भन्ने कुरामा सचेत छ । चिनियाँ पक्षको यो चासोमा नेपाल पनि सचेत रहँदै आएको छ । तिब्बत स्वतन्त्रताका पक्षमा नेपाली भूमि प्रयोग नहोस भन्ने चीनको चाहना छ । नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहँदै आएकाले नेपालप्रति चीन ढुक्क रहँदै आएको छ । नेपालसँग सडक र रेलमार्गको माध्यमबाट कनेक्टिभिटी बने चीन–नेपाल दुवैलाई पारस्परिक फाइदा हुने चिनियाँ पक्षको बुझाइ छ । चीनको यो चाहनामा पनि नेपाल सहमत हुनुले दुई देशको सम्बन्ध राम्रो छ ।

राष्ट्रपति सीको भ्रमण हुन सकेन
पाँच वर्ष अगाडी राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले चीनको विदेश नीतिमा व्यापक परिवर्तन ल्याए । राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने चाहना रहेको समेत बताए । राष्ट्रपति सी स्वयमले नेपाल भ्रमणको चाहना व्यक्त गर्नु नेपालका लागि अधिक खुशीको कुरा थियो । त्यसपछि राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत गर्न नेपाली पक्षबाट अनेकन प्रयासहरु भए । सीको पहिलो कार्यकाल सकिनै लाग्दासम्म पनि उनलाई नेपाल प्रमण गराउने प्रयत्न जारी नै रहयो । तर, राष्ट्रपति सीले नेपाल भ्रमण भने गरेनन् । अस्थिर राजनीतिका कारण राष्ट्रपति सीले नेपालको भ्रमण नगरेको चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतम बताउँछन् ।

विश्व शक्ति राष्ट्र चीनको नेतृत्व सी जिनपिङले सम्हालेपछि नेपाल–चीनबीचको सम्बन्ध मजबुत बनाउने अनेकौ कामहरु भएको छ । कतिय सम्झौताहरुले दुई देशको सम्बन्धन झनै राम्रो बनाएको छ । दुई देशबीच भएको सम्झौताहरु असमान छैनन् । तुलनात्मक रुपमा नेपालकै हितमा छन् । चीनले नेपालसँग केही महत्वपूर्ण मुद्धाहरुबाहेक अन्य विषयमा धेरै अपेक्षा गरेको छैन । चिनियाँ चाहनामा नेपाल समेत सचेत छ । त्यसैले, सी जिनपिङको पाँच वर्षे कार्यकालमा नेपाल–चीन सम्बन्ध शुखद नै रहयो ।

 

एउटा विशाल र समृद्ध राष्ट्र चीन । दक्षिणमा सिमा जोडिएको एउटा सानो र विकासोन्मुख राष्ट्र नेपाल । नेपाल–चीन सिमा जोडिएका दुई छिमेकी मुलुक । दुई देशबीच समृद्ध सम्बन्ध छ । औपचारिक सम्बन्ध यतिखेर सात दशकको यात्रामा छ । औपचारिक सम्बन्ध सुरु भएको यो अवधिमा दुबै देशले अकेकौ समस्याहरु झेलेका छन् । तर, बिकासको दौरानमा भने चीनले कोसौ टाढा फड्को मारिसकेको छ । नेपालमा भने बल्ल समृद्धिको कथन सुरु भएको छ । तर, पनि यी दुई देश समान हैसियताका छिमेकी राष्ट्रको सम्बन्ध छ । नेपाल–चीन सम्बन्ध चिनियाँ पक्षले नेपालमा गर्दै अएको सहयोग र लगानीमा मात्रै निर्भर छैन । एक चीन नीति प्रति नेपालको वफादारीताले पनि दुई देशको सम्बन्ध कामय गर्न महत्वपूर्ण काम खेल्दै आएको छ । दुई देशबीचको सम्बन्ध सी जिनपिङको पाँच वर्षे कार्यकालमा झनै समधुर रहयो ।


प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group