ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको यस्तो थियो योजना


एबीसी न्यूज
१३ जेष्ठ २०७६, सोमबार   ८ : ०८   बजे


काठमाडौं, १३ जेठ । आइतबार राती एकैदिन काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना रहेको खुलेको छ।
प्रहरीले उपत्यकाको तीन ठाउँ विस्फोट र शृंखलाबद्ध रूपमा प्रेसरकुकर बम फेला परेपछि प्रहरीले पक्राउ गरेका आठ जना विप्लव कार्यकर्ताबाट उक्त योजना खुलेको हो। यसको सुरूआत आइतवार अपराह्न साढे ४ बजे सुकेधाराको एउटा सैलुनबाट भयो, जहाँ सिलिन्डर बम विस्फोटमा परेर महोत्तरीका ५९ वर्षीय जीवकुमार ठाकुरसहित तीन जनाले ज्यान गुमाए। दुई जना गम्भीर घाइते भए। घटनामा विप्लव माओवादीको भ्रातृ संगठन नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित केही घाइते भएको प्रहरीले जनाएको छ।


सुकेधारामा बम पड्केको हल्लाखल्ला सेलाउन नपाउँदै केही मिनेटमै अनामनगर, घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको घरबाटै विस्फोटको आवाज आयो। त्यहाँको एउटा कोठामा अर्को सिलिन्डर बम पड्कँदा एक जनाको मृत्यु भयो भने एक जना घाइते भए। ज्यान गुमाउने प्रज्वल शाही विप्लव माओवादी निकट रहेको प्रहरीले जनाएको छ। घाइते रविन केसी पनि त्रिचन्द्र कलेजमा पढ्ने विप्लवनिकट विद्यार्थी नेता हुन्।

तेस्रो विस्फोटन राति ८ बजेतिर नागढुंगामा भयो। चन्द्रागिरीस्थित आदिनारायण इँट्टाभट्टामा आफैंले बोकेको बम पड्कँदा विप्लव माओवादीका दुई जना कार्यकर्ता गम्भीर घाइते भए। घाइते हुनेमा चन्द्रागिरी(३ का विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएको प्रहरीले बताएको छ। घाइतेको सहिद मेमोरियल अस्पताल कंलकीमा उपचार भइरहेको छ।

घटनास्थलबाट प्रहरीले दुई थान मोबाइल र तीन थान सिम बरामद गरेको थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। यसरी चार जनाको ज्यान जाने र पाँच जना गम्भीर घाइते हुने गरी भएका तीन विस्फोटनसँगै आइतबार साँझ काठमाडौं र पाटनका विभिन्न ठाउँमा शृंखलाबद्ध रूपले प्रेसरकुकर बम फेला परे। राति पौने ८ बजेतिर नागढुंगामा बम पड्कनुअघि मात्र ललितपुरको लगनखेलस्थित बसपार्क र ग्वार्कोमा बम भेटिएका थिए। नयाँ प्रेसरकुकर सडकमा देखिएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो। त्यसपछि ९ बजेतिर सानेपामा अर्को बम भेटियो, जसलाई सेनाले डिस्पोज गर्यो। यति मात्र होइन, राजधानीमा बम विस्फोट गर्ने तयारी अवस्थामा रहेका बेला नरेफाँटबाट चार प्रेसरकुकरसहित आठ जना विप्लव कार्यकर्ता सशस्त्र प्रहरी बलको गस्ती टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाका तेजराज काफ्ले, आशिष तामाङ, डम्बर तामाङ, सल्यानका चित्रबहादुर ओली, भक्तपुरका राकेश श्रेष्ठ, बुद्धिबहादुर सुनार, रोल्पाका बुद्धिलाल पुन र तेजबहादुर मुक्तान छन्। उनीहरूलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ।

विप्लव माओवादीका यी आठ जना कार्यकर्ता पक्राउपछि काठमाडौंमा एकैदिन १० ठाउँमा बम पड्काउने योजना खुलेको हो। उनीहरूले काठमाडौं र भक्तपुरका केही स्थानमा बम पड्काउने जिम्मा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

बम ओसार्ने क्रममा पक्राउ परेपछि उनीहरूको योजना असफल भएको एक प्रहरी अधिकारीले जानकारी दिए। गृहमन्त्री रामबहादुर थापाले तीनवटै सुरक्षा प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ। उहाँले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group