ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीमा संलग्न तीन पक्राउ


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ७ : ५३   बजे

सिन्धुली, १४ जेठ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट रु एक लाख ५० हजार नगद, अमेरिकी डलर ५० दरको १३ थान, अमेरिकी डलर २ कोे एक थान र अमेरिकन डलर एकको ४८५ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसैगरी विभिन्न कम्पनीका पाँच मोबाइलसमेत बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिनुभयो । उनीहरुले आफूसँग रु २५ हजार डलर छ, सस्तो दरमा नेपाली पैसासँग साटिदिन्छु भन्दै सल्यान बागचौर नगरपालिका–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने सन्तोष डाँगीलाई सिन्धुलीको खुर्कोटमा बोलाएको प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, “डाँगीलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–६ विपी राजमार्गमा बोलाई एक किलोमिटरमाथि गणेशस्थान नजिक बरबोटे भन्ने स्थानमा लगेर तिमीहरु डलर साट्न आएको होइन, के कति पैसा छ ? झिक नत्र मारेर फालिदिन्छौँ भनी सन्तोष डाँगीसँग रहेको रु एक लाख ५० हजार र सल्यान बागचौर नगरपालिका–९ का नवीन केसीको साथमा रहेको रु १३ हजार मूल्य बराबरको मोबाइल लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu