काठमाडौं, १४ जेठ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका थिए ।
ओरेकले तयार पारेको प्रतिवेदनमा वैशाखमा १०९ घरेलु हिंसा, ४० यौन हिंसा र २४ सामाजिक हिंसाका घटना भएको जनाइएको हो । त्यस्तै ११ हत्याका घटनाका साथै दुई प्रतिशत अन्य प्रकारका घटना भएका थिए । विवरणअनुसार सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु हिंसामा परेका थिए ।
त्यसपछि १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाका घटना थिए । हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्षका रहेको ओरेकले जनाएको छ । महिलाहरु सबैभन्दा बढी घरभित्र र चिनजानेका बाटै असुरक्षित हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानैले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्