ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र आयो तर, जनचाहना अधुरै


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ३ : ४७   बजे


काठमाडौं, १४ जेठ । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ ।

देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै हासिल हुन सकेको छैन । यो तीतो यथार्थलाई धेरैले औँल्याउने गरेका छन् । कालीगण्डकी, त्रिशुली, कोशी लगायतका नदी किनारमा बालुवा चाल्नेदेखि घर निर्माण, सामान ओसारपसार, ईंटाभट्टा, ठूल्ठूला उद्योग कलकारखानामा दैनिक ज्यालादारीमा गुजारा गर्ने नागरिकलाई भने गणतन्त्र र सङ्घीयता जस्ता विषयले छोएको छैन । पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने जमुना नेपाली गणतन्त्रको कुनै पनि अनुभूति नभएको बताउनुहुन्छ । उहाँलाई मजदूरी गरेर दैनिक पाँच सय रुपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता छ ।

“गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर, एक दशक बित्या,े हामी मजदूरको अवस्था उस्तै छ,” उहाँले भन्नुभयो – “प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता सबै आयो । हाम्रो अवस्थामा खै कुनै परिवर्तन आएन ।” रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटे साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । कालीगण्डकीका किनार, खोला छेउछाउ दिनभर गिट्टी कुटेर कुमाल दम्पतीले जीवन धान्दै आएको छ । सोही ठाउँकै ६२ वर्षीय तुल्सीराम कुमाल पनि निरन्तर गिट्टी कुट्ने गर्नुहुन्छ । खोला छेउछाउ पुगेर ढुङ्गा खोज्ने अनि, दिनभर शीतल छहारीमा बसेर गिट्टी कुट्ने ।

दिन गएको उहाँलाई पत्तो हुँदैन । गणतन्त्रले आफूलाई केही पनि नदिएको उहाँको ठम्याइ छ । “लोकतान्त्रिक गणतन्त्र आयो त भन्छन्, खै हामी मजदूरी गरेर खानेलाई गणतन्त्रको कुनै महशुस नै हुनसकेको छैन,” उहाँले थप्नुभयो – “बूढेसकाल लागिसक्यो । गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन् ।” उहाँहरु जस्ता धेरै मजदूरले गणतन्त्रबारे अनभिज्ञता प्रकट गरेका छन् । नेपाली जनताको ठूलो र अथक प्रयासले देशमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्र संस्थागत गरेर देशलाई आर्थिक समृद्धितर्फ लान सके जनताले साँच्चै परिवर्तनको अनुभूति गर्न पाउने रामपुरका राजनीतिकर्मी फणेश्वर गौतम बताउनुहुन्छ ।

विसं २०४६ मा मुलुकमा निरङ्कुश पञ्चायत शासन हटाएर प्रजातन्त्र बहाली गर्ने काम भयो । दश वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६२–६३ मा भएको आन्दोलनले राजतन्त्र विस्थापन गरेर गणतन्त्र स्थापना ग¥यो । यस आन्दोलनमा प्राध्यापक, कर्मचारी, मजदूर सबैले आ–आफ्ना ठाउँबाट योगदान गरे । विसं २०४६ को आन्दोलनदेखि गणतन्त्र स्थापनाको अभियानसम्म धेरै नेपालीले ज्यान गुमाउनुप¥यो । तर, जुन उद्देश्यले आन्दोलन भयो, जे जस्ता अपेक्षा राखिएका थिए, त्यस अनुरुप उपलब्धि नहुँदा निराश हुनुपरेको २०४६ सालमा रामपुरमा भएको जनआन्दोलनका नेतृत्वकर्ता एवं काँग्रेस महासमिति सदस्य विजयराज घिमिरे बताउनुहुन्छ । सोही समयमा फागुन ७ गते देशव्यापी रुपमा प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलन शुरु भयो ।

काठमाडौँ, चितवनको भरतपुर, जनकपुरको जदुकाहा, पाल्पाको रामपुरबाट पहिलो चरणको आन्दोलन शुरु भएको थियो । हजारौँ जनता प्रजातन्त्रका लागि सडकमा निस्किए । रामपुरमा भएको आन्दोलनकै बीचमा सूर्यप्रसाद घिमिरेलाई गोली लाग्यो र उहाँले शहादत प्राप्त गर्नुभयो । एक दर्जन भन्दा बढी आन्दोलनकारी गोली लागेर घाइते भए । त्यतिखेर धेरैले भूमिगत जीवन बिताएका थिए । यसै आन्दोलनलाई गणतन्त्रको शुरुआती रुप पनि मान्ने गरिएको छ । देखेका कुरा स्वतन्त्र रुपमा बोल्न नपाएका बखत २०४६ को आन्दोलनले नागरिकलाई स्वतन्त्र त बनायो तर, आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवारले न त क्षतिपूर्ति पाए न त आन्दोलनबाट अपेक्षा गरिएको उपलब्धि नै हासिल भए ।

सरकारका तर्फबाट अहिलेसम्म कुनै सेवा सुविधा नपाएको शहीद सूर्यप्रसाद घिमिरेकी धर्मपत्नी राधादेवीेले गुनासो गर्नुभयो । “देश र जनताका लागि लड्दै गर्दा श्रीमान्को ज्यान गयो, न त परिवारमा कुनै राहत, न त देशमा आर्थिक समृद्धि, हाम्रा दिन फेरिएनन्” – उहाँले दुःखेसो गर्नुभयो । मजदूर, गरीब, दलित, विपन्न परिवारमा हाँसो र खुशी आएको दिन गणतन्त्रको अनुभूति मिल्ने उहाँ बताउनुहुन्छ । ‘अझै नि लोकतन्त्र आ’को छैन है, जनताले भने झै भा’को छैन है, निरङ्कुश दासत्व हामीलाई चाहिँदैन गणतन्त्र नल्याई त मुक्ति पाइँदैन है’ ……….कलाकार बद्री पंगेनीको गीतले भने झै गणतन्त्र आएको लामो समयसम्म नेपाली जनतालाई गणतन्त्रको अनुभूत नहुनु भनेको आन्दोलनले सार्थकता नपाउनु हो ।

राजतन्त्र बेहोरेको मुलुकका जनताले गणतन्त्र आइसकेपछि देशमा सुख, शान्ति र समृद्धि आउने र रोजगारी सिर्जना हुने सबै नेपालीमा ठूलो आशा थियो तर, आशा अनुसार गणतान्त्रिक मुलुकले फड्को मार्न नसकेको आम नागरिकको बुझाइ छ । विसं २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । जनआन्दोलन २०६२–६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश मनाउने गरिन्छ ।

गणतन्त्र आउनु अघि राष्ट्रप्रमुख हुन राजपरिवारमै जन्मिएका व्यक्ति हुनुपथ्र्यो तर, गणतन्त्रात्मक मुलुकमा हरेक नागरिकलाई राष्ट्रप्रमुख हुने अवसर छ । आज मुलुकमा सङ्घीय प्रणाली लागू भएको छ र नेकपाको नेतृत्वमा दुई तिहाईको बलियो सरकार अस्तित्वमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu