ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचखालमा ऐतिहासिक सम्पदा उत्खनन् गरिने


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ५ : ४४   बजे


काठमाडौँ, १४ जेठ । पाँचखाल नगरपालिकाभित्रका लिच्छविकालीन सम्पदाको अध्ययन एवं उत्खनन् गर्न पुरातत्व विभागको टोली आज पाँचखाल पुगेको छ । स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँट्टा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए ।

विभागको टोलीले आज जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिई नगरपालिकालाई सम्पदा उत्खनन्सम्बन्धी जानकारी दिने, उत्खनन् अवधिभर बस्न र स्थानीय मजदुर व्यवस्थापन गर्ने योजना बनाएको छ । विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकको नेतृत्वको टोलीमा पुरातत्व विज्ञ उद्धव आचार्य तथा इन्जिनियर सहभागी हुनुहुन्छ । उहाँले भन्नुभयो, “आज स्थानीय निकायलाई जानकारी दिई खाने–बस्ने तथा मजदुर ब्यवस्थापन गरेर भोलिबाट उत्खनन् शुरु गर्छौँ ।” उहाँका अनुसार उत्खनन्का लागि भोलिदेखि विभागका अधिकृत, विज्ञ, इन्जिनियर र फाटोग्राफरसहित छ जनाको टोली पाँचखाल बस्नेछ ।

गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँट्टा, सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष्ण धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचखालमा तत्कालीन राजा मानदेव र अंशुवर्माको दरबार तथा रानीपोखरीलयायतका संरचना थिए । पुरातत्व विभागका उत्खनन् शाखाप्रमुख रामबहादुर कुँवरले प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री भेटिएका र ती लिच्छविकालीन नै भएकाले स्थानीयको माग तथा विज्ञको सुझावका आधारमा थप अध्ययन एवं उत्खनन् गर्न आजबाट पाँचखालमा टोली खटाइएको बताउनुभयो ।

विभागले गत चैत अन्तिम साता उत्खनन् विज्ञ आचार्यसहितको एक टोलीले त्यहाँ भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो । “आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा जति ऐतिहासिक प्रमाण भेटिएका छन्, ती लिच्छविकालीन हुन्”, उहाँले भन्नुभयो, ”हामीले यसअघि विभागलाई पाँचखालका सम्पदा थप अध्ययन एवं उत्खनन् गर्न सुझाव दिएका थियौँ ।” उहाँका अनुसार भेटिएका प्रमाण लिच्छविकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् । स्थानीय बुढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा रहेका र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए ।

स्थानीय सूर्यप्रसाद भेटवालका अनुसार हाल खेतका गरा खन्ने क्रममा २६ इन्चको पूरानो गारोसमेत भेटिएको छ । भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group