ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबीसी प्रस्थान


एबीसी न्यूज
१५ जेष्ठ २०७६, बुधबार   १२ : ४२   बजे


काठमाडौं,१५ जेठ । दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधार शिविर (एबिसी) प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले आज पोखराबाट बिदाइ गर्नुभएको हो । खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७० धावक सहभागी हुने संयोजक गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार धावकहरु एबिसी पुगेपछि स्वास्थ्य परीक्षण गरेर मात्र म्याराथनमा सहभागी हुन पाउनेछन् । अन्नपूर्ण आरोहण दिवस (जुन ३)को सन्दर्भमा आयोजित म्याराथन जेठ २० गते बिहान ६ः३० बजे एबिसीबाट आरम्भ हुनेछ । एबिसीबाट शुरु हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाँडापानी, भैँसीखर्क हुँदै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले जानकारी दिनुभयो । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटर अग्लो हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइने गरिन्छ ।

म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वाथ्यकर्मी जर्जसहित आवश्यक उपकरण एवं अन्य सामग्रीको व्यवस्थापन पूरा भएको सहायक प्राविधिक निर्देशक कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । म्याराथनमा प्रथम हुने धावकले एक लाख पाँच हजार र दोस्रो हुनेले ७५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेलाई ५५ हजार नगद पुरस्कारको व्यवस्था छ भने उत्कृष्ट १० धावकलाई सान्त्वना पुरस्कार दिइनेछ । जेठ १७ देखि २० गतेसम्म कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा हुने महोसत्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

महोत्सवको शुभारम्भ नेपाली काङ्ग्रेसका संसदीय दलका उपनेता, नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारबाट हुनेछ । अन्नपूर्ण पदयात्रा मार्गको पूर्वाधार विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले गत वर्षदेखि अन्नपूर्ण म्याराथनसहितको महोत्सव आरम्भ गरेको प्रचारप्रसार उपसमितिका संयोजक टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group