ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीको मुहान सुक्दा खानेपानीको हाहाकार


एबीसी न्यूज
१५ जेष्ठ २०७६, बुधबार   १ : ३४   बजे


काठमाडौं,१५ जेठ ।  कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती छ । गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको हो ।

अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताउनुभयो  । उहाँका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर ल्याउने गरेको छ । पानी अभावको समस्या वडा कार्यालय र विद्यालयमा समेत परेको छ । पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन भएका छन् । सात किलोमिटर दूरीको लडा लेकको खानेपानी योजना निर्माण नगरेसम्म समस्या भइरहने स्थानीयवासीको भनाइ छ । बजेट अभाव देखाउँदै स्थानीय तहले खानेपानी योजना निर्माणमा चासो नदेखाएको उनीहरूको गुनासो छ ।

पानी अभावले गणेश आधारभूत विद्यालय स्याङ्गीका विद्यार्थीले दिवा खाजासमेत खान पाएका छैनन् । बोकेर ल्याएको पानीले डेढसय विद्यार्थीलाई पकाएर खुवाउन नसक्दा दिवा खाजा बन्द गर्न बाध्य भएको प्रधानाध्यापक उत्तमीलाल यादवले बताउनुभयो । त्यस्तै कुशे–८, जिन्तालामा पनि खानेपानीको हाहाकार मच्चिएको छ । पुरानो खानेपानी योजनाको मुहान सुक्दा र नयाँ योजना निर्माणमा बजेट नहुँदा जिन्तालामा खानेपानीको अभाव भएको हो । मुहान सुक्दै गएकाले जिन्तालाका तीन सय घरपरिवारलाई घण्टाँै पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीयवासी रमेश सिंहले बताउनुभयो । दुई दशक पुरानो खानेपानी योजनाको मुहान सुख्दा र उक्त योजनाको मर्मत नहुँदा समस्या भएको उहाँले बताउनुभयो  ।

बर्षेनी फागुनदेखि गाउँमा खानेपानीको अभाव चुलिने गरेको उहाँले सुनाउनुभयो । सिंहका अनुसार जिन्तालामा खानेपानी ल्याउनका लागि करीब नौ किलोमिटर टाढाको मुहानको विकल्प छैन । कुशे गाउँपालिकाले सबै वडामा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य राखे पनि बजेट अभावले पूरा हुन नसकेको उपाध्यक्ष रामछाया शाहीले बताउनुभयो । “वन विनाश र सुक्खा खडेरीका कारण पानीका स्रोत सुकेपछि झन् खानेपानीको अभाव भएको छ । जाजरकोटमा तीन सय खानेपानी योजनाको मर्मत सम्भार हुन नसक्दा स्थानीय बासिन्दा स्वच्छ पिउने पानीबाट वञ्चित भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिससका अनुसार खानेपानी अभावमा जाजरकोटका ६ हजार घरपरिवार खोला, नदी, कुवालगायतको दूषित पानी पिउन बाध्य छन् । जिल्लाका २५ हजार घरधुरीमा स्वच्छ पानी पिउने पानीको सुविधा पुगेको जिससको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu