काठमाडौं, १५ जेठ । सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
यस्तै सरकारले कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि तथा वन विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्