काठमाडौं, १५ जेठ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गर्दै त्यस क्षेत्रमा ११ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । बजेटमा आगामी आर्थिक वर्षभित्र चीनसँग गरिएको पारबहन सम्झौताको प्रोटोकल अनुसार त्यहाँको बन्दरगाहबाट तेस्रो मुलुकमा व्यापार सुरु गर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन निर्माणाधीन मोतीहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारको कामलाई एक वर्षभित्र सम्पन्न गर्ने व्यवस्था पनि बजेटमा मिलाइएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्