ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा नगरले आफै पाठ्यक्रम तयार गर्ने, संघिय सरकारकै जस्तो ‘समृद्ध नगर खुशी नगरबासी’ नगरपालिकाको नारा


sharan sharan
१५ जेष्ठ २०७६, बुधबार   ११ : ०३   बजे

बुटवल, १५ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु भएको पाँचौं नगरसभाको पहिलो बैठकमा चालु आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगर सरकारको नीति तथा कार्यक्रम ‘समृद्ध नगर खुशी नगरबासी’ को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहने बताउँदै नगर प्रमुख घिमिरेले नागरिकले अनुभूति गर्नेगरी विकासको प्रतिफल वितरण, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, क्रमागत आयोजना सम्पन्न, कृषि, पर्यटन, उद्योग, व्यापार, लगानीको वातावरण निर्माणलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताउनुभयो ।
सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रमा हालसम्म सम्पादन भएका क्रियाक्लापहरु समेटि ‘सार्वजनिक विद्यालय सवलीकरण कार्यक्रम’ घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी २ वर्ष भित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने, “फल्स सिलिङ्ग” राखेर विद्यार्थीलाई टिनको प्रत्यक्ष छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाहरुको दिगोपनको लागि प्रयोगशाला व्यवस्थापन कोष खडा गरी सेवालाई निरन्तरता प्रदान गरिने र रक्तसेवा सहयोग कार्यक्रम मार्फत रगत प्राप्त गर्दा लाग्ने ल्याव शुल्कको शोधभर्ना दिइने बताउनुभयो ।
कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रममा किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्वन गरिने जनाइएको छ । पशु बीमा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने जनाउँदै नगर प्रमुख घिमिरेले सहकारी खेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा थ्रीपी मोडलमा उत्पादनमूलक उद्योग व्यवसाय संचालन, भैलुभुजलगायत सिंचाई प्रणाली र बोरिङ्गहरुलाई पूर्वअवस्थामा संचालनमा ल्याउन प्रोत्साहन गर्दै अनुदानको व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group