ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङको दोस्रो कार्यकाल कस्तो रहला ?


admin
४ कार्तिक २०७४, शनिबार   १ : ४५   बजे

काठमाडौं, ४ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकाल सकिएको छ । तर, परम्पराकै आधारले दोस्रो कार्यकालको रुपमा आगामी पाँच वर्ष राष्ट्रपतिकै रुपमा सीले चीनको नेतृत्व गर्ने छन् । पहिलो कार्यकालमा अत्याधिक लोकप्रिय राष्ट्रपति सी फेरी एक पटक चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव निर्वाचित हुँदै दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनेछन् । पहिलो कार्यकालमा हासिल गरेको सफलतालाई आधार मान्ने हो भने सीको दोस्रो कार्यकालमा चीन एक नम्बर आर्थिक शक्ति राष्ट्र बन्नबाट दुनियाँले रोक्न सक्ने छैन । त्यति मात्र होइन, फेरी एक पटक चीनलाई नेतृत्व गर्न पाए सी जिनपिङले सुरु गरेको वेल्ट एण्ड रोड लगायतका महत्वकांक्षी योजनाहरुले समेत पूर्णता पाउने निश्चित छ । तर, सीको दोस्रो कार्यकाल पनि त्यति सहज भने हुने छैन ।

चिनियाँ सेना विश्वकै शक्तिशाली
बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको १९औ महाधिवेशन सुरु भएको छ । पार्टीको महासचिव रहेका राष्ट्रपति सी जिनपिङले महाधिवेशनलाई सम्बोधन गर्दै भनेका छन् : चिनियाँ सेनालाई विश्वको नम्बर वान सेना बनाउँछु । १९औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले बोलेका यो शब्द महत्वपूर्ण छ । चिनियाँ सेनालाई विश्वकै शक्तिशाली बनाउने राष्ट्रपति सीको उद्घोषले चीन शैन्य शक्तिमा लगानी बढाउने दिशमा केन्द्रित रहेको प्रष्ट हुन्छ । त्यति मात्र होइन, विश्व शक्ति चीनलाई वाह्य शक्तिबाट खतरा रहेको र चीन त्यो खतराबाट बच्न शैन्य शक्ति बलियो बनाउने तरखरमा रहेको बुझ्न मुस्किल पर्दैन । र, दोस्रो कार्यकालको लागि राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले सैन्य शक्ति मजबुत बनाउन विशेष काम गर्नेछन् ।

बिकासबारे पाको अभिव्यक्ति
राष्ट्रपति सी जिनपिङले पार्टीको १९औ महाधिवेशनलाई साढे तीन घण्टा सम्बोधन गरेका थिए । उनले सम्बोधनका क्रममा भने : राष्ट्रको कायाकल्प गर्नु पार्कमा डुल्नुजस्तो होइन । चीनमा तेस्रो युग ल्याउन सफल सी जिनपिङसँग स्वभाविक भौतिक बिकासको अनुभव अधिक छ । दुनियाँ चकित हुने गरी प्रविधि र पूर्वधार विकासका क्षेत्रमा सफलता हासिल गरेका राष्ट्रपति सीको यो भनाइलाई विकासको क्षेत्रमा अनुभवि अभिव्यक्ति मानिएको छ । आफ्नो दोस्रो कार्यकालाई समेत आकंलन गरेर उनले यो अभिव्यक्ति सार्वजनिक गरेका हुनसक्छन् । सीको यो विकास सम्बन्धी अभिव्यक्तिले अझै पनि चीनमा पूर्वाधार विकासको चरण बाँकी नै रहेको संकेत गर्छ ।

गन्तव्यमा पुग्ने चुनौती
चीनका लागि गरिबी निवारण ठूलो समस्या मानिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनले सन् २०२० सम्ममा गरिबी निवारण गरिसक्ने नीति अघि सारेको थियो । सोही नीति अनुसार पाँच वर्ष काम गर्दा सी जिनपिङले अद्धितिय सफलता हासिल गरेका छन् । सन् २०२० सीकै दोस्रो कार्यकालमा पर्छ । त्यसैले, गरिबी निवारणका लागि सीले ठूलै चुनौती सामना गर्नुछ । तर, यो काममा राष्ट्रपति सी सफल हुनेमा चिनियाँ नागरिक आशावादी छन् । सन् २०२० सम्ममा एउटा मध्यम समृद्ध समाज निर्माण गर्ने चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना जनतासमक्ष वाचा गरेको छ । यो वाचा पुरा गर्ने जिम्मेवारी पनि सीकै काँधमा आउने छ । राष्ट्रपति सीको पहिलो कार्यकालमा वेल्ट एण्ड रोड जस्ता महत्वकांक्षी परियोजना सुुरु भएका छन् । यी पूर्व निर्धारीत गन्तव्यहरुमा पुग्न दोस्रो कालमा राष्ट्रपति सीलाई सहज हुने छैन ।

कठोर अनुशासन र भ्रष्टाचार नियन्त्रण
सन २०१२ मा सम्पन्न १८औं राष्ट्रिय कांग्रेस मार्फत चिनियाँ कम्युनिष्ट पार्टीले कठोर पार्टी अनुशासन र भ्रष्टाचार नियन्त्रणमा विशेष नीति अबलम्बन गरेको छ । सोही नीतिको आधारमा राष्ट्रपति सीको पहिलो पाँच वर्षे कार्यकालमा सयौ भ्रष्टहरु कारवाहीको भागीदार भएका छन् । आगामी पाँच वर्षका लागि पनि चिनियाँ कम्युष्टि पार्टीले भ्रष्टाचार विरोधी अभियान झनै कडाइका साथ संचालन गर्नेछ । तर, विस्तारै खुल्ला अर्थतन्त्र अंगाल्दै गएको चीनमा भ्रष्टाचार झनै बढ्ने अनुमानले भ्रष्टाचार विरुद्धको अभियान त्यति सहज मानिएको छैन । अझै भ्रष्टाचार बढ्ने अनुमानका कारण दोस्रो कार्यकालमा सी जिनपिङले भ्रष्टाचार विरुद्ध ठूलै संघर्ष गर्नु पर्ने बताउँछन्, चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के ।

सीको दोस्रो कार्यकालमा नेपाल–चीन सम्बन्ध
सी जिनपिङ चिनियाँ राष्ट्रपति निर्वाचित भएदेखी नै नेपाल भ्रमण गर्ने विषयले प्रथामिकता पाएको थियो । राष्ट्रपति सीले पनि नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका थिए । तर, पहिलो पाँच वर्षे कार्यकालमा राष्ट्रपति सीले नेपालको भ्रमण गर्न सकेनन् । दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि भने सीले नेपालको भ्रमण गर्नेमा चीनका लागि पूर्व नेपाली राजदूल डा. महेश मास्के बताउँछन् । डा. मास्केका अनुसार राष्ट्रपति सी नेपालमा स्थिर राजनीतिको पर्खाइमा छन् । संविधान कार्यान्वयनसँगै नेपालकको राजनीति स्थिर हुने भएकाले राष्ट्रपति सीले नेपालको भ्रमण गर्नेमा डा. मास्के विश्वस्त छन् ।

चिनियाँ मेडेलको समाजवाद
चीनले चिनियाँ विशेषता सहितको समाजवाद विकासको क्रममा छ । चिनियाँ कम्युनिष्ट पार्टीका शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद नै चीन बिकासको मुख्य आधार मानिएको छ । सन १९८२ मा सम्पन्न १२औं राष्ट्रिय कांग्रेस यत चिनियाँ कम्युष्टि पार्टीले चिनियाँ विशेषतासहितको समाजवादको नारालाई प्राथमिकता दिदै आएको छ । यसका लागि चार विस्तृत योजनाहरुलाई अघि सारिएको छ । जहाँ चार दीर्घकालिन रणनीतिहरु रहेका छन । समृद्ध समाज निर्माण, सुधारको कार्यक्रम लागु, विधिको शासन कायम गर्नु र पार्टीको शासनलाई सुदृढ पार्नु चिनियाँ विशेषता सहितको समाजवादको मुख्य आधार मानिएको छ । यसैको आधारमा सी जिनपिङले पाँच वर्षे कार्यकालमा काम गरेका थिए । अब, यसलाई व्यवस्थित गर्नु सी जिनपिङका लागि दोस्रो कार्यकाल चुनौतीपूर्ण र महत्वपूर्ण हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो अनुकुलतामा नेतृत्व चयन गर्नेछ । दोस्रो कार्यकालका लागि सी जिनपिङनै राष्ट्रपति निर्वाचित हुने कुरामा पनि कुनै आशंका छैन । तर, १९औं महाधिवेशनबाट चीनले अवलम्बन गर्ने नीति विश्वका लागि चासोको बिषय बनेको छ । विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्र चीनले अब एक नम्बरको आर्थिक शक्ति राष्ट्र बन्न ठूलै संघर्ष गर्नेछ । विश्व शक्ति राष्ट्र बनेसँगै चीनले सुरक्षा चुनौती स्वभाविक समाना गर्नुछ । १९औं महाधिवेशनमा राष्ट्रपति सीले चिनियाँ सेनालाई विश्वकै शक्तिशाली सेना बनाउने उद्घोष त्यसै गरेका होइनन । यसको मतलव अब चीनले आणविक शक्ति संचयमा समेत ठूलो लगानी गर्नेछ । र, पहिलो कार्यकालमा प्रविधि र पूर्वाधार विकासको क्षेत्रमा हासिल गरेको अद्धितिय सफलतालाई निरन्तरता दिन चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले दुनियाँलाई त्रसित बनाउने नीति तय गर्नेमा कुनै दुविधान छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu