ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याइने ओली-मोदीको प्रतिबद्धता


एबीसी न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार   ४ : ४८   बजे

 

काठमाडौँ, १७ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न नयाँदिल्लीस्थित हदैरावाद हाउसमा भएको भेटवार्तामा उहाँहरूले पारस्परिक सम्बन्धलाई गतिशील एवं सुदृढ तुल्याउन दुवै देशबाट विगतमा भएका प्रयासका साथै समसामयिक विषयमा विचारविमर्श गर्नुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले श्री मोदीलाई भारतीय जनता पार्टी तथा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन ९एनडिए०ले लोकसभा निर्वाचनमा हासिल गरेको शानदार सफलताका साथै दोस्रो कार्यकालका निम्ति प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाइ ज्ञापन गर्दै प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बधाई सन्देश सुनाउँदै प्रधानमन्त्री मोदीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नेपालको राजकीय भ्रमणका निम्ति भारतका राष्ट्रपतिलाई आमन्त्रण गर्नुभएको सन्देश पनि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीमा प्रवाह गर्नुभयो ।

भारत र नेपालको पारस्परिक लाभका खतिर सहयोगका सबै क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई अझ घनीभूत तुल्याउन नियमितरुपमा उच्चस्तरमा हुने भ्रमण महत्वपूर्ण हुनेमा दुवै देशका प्रधानमन्त्रीले मतैक्यता व्यक्त गर्नुभयो । साथै आआफ्नो नेतृत्वमा नेपाल–भारत सम्बन्धमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले प्रसन्नता प्रकट गर्नुभयो ।

शपथ समारोहमा सहभागी हुन प्राप्त आमन्त्रणलाई स्वीकार गरी नयाँदिल्लीको भ्रमण गर्नुभएकामा प्रधानमन्त्री ओलीप्रति प्रधानमन्त्री मोदीले आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको निमन्त्रणालाई सहर्ष उहाँले स्वीकार गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओली आजै अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group