ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टुटल, पठाओलाई ऐनमा समेटिँदै


एबीसी न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार   ५ : २६   बजे

 

काठमाडौँ, १७ जेठ  । सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन ।

यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ती सवारीले यात्रुलाई सुविधा दिए पनि सुरक्षाका हिसाबले ढुक्क हुन नसकिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार हाल सञ्चालनमा रहेका यी दुई सेवा प्रदायक संस्थाले सुरक्षाको दाबी गरे पनि आश्वस्त हुन नसकिएकाले कानून बनाउन लागिएको हो । दुर्घटनाको क्षतिपूर्ति, यात्रुको बीमालगायतका विषय ऐनले समेट्ने उहाँले जानकारी दिनुभयो ।

“अहिले छिटो गन्तव्यमा पु¥याउने भएकाले लोकप्रिय साधन बनिरहेको छ”, उहाँले भन्नुभयो, “ऐनले नै यात्रुको सुरक्षाका केही आधार बनाएपछि त्यसकै आधारमा सरकारले नियमन गर्न सक्छ ।” नेपालमा रातो नम्बर प्लेटका र दुईपाङ्ग्रे सवारी साधनले सार्वजनिक सवारीले जसरी भाडा लिएर यात्रु बोक्न नमिल्ने भन्दै केही समय पहिले मन्त्रालयले रोक लगाएको थियो ।

केही महीना पहिले ट्राफिक प्रहरीले विभिन्न स्थानमा छड्के जाँच र कारवाही थाले पनि अहिले ती सवारी नियमित सञ्चालनमा छन् । धेरैले ती सेवा प्रदायकलाई बन्द नगरी नियमन गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu