ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुव्र्यसनी


admin
१८ जेष्ठ २०७६, शनिबार   ३ : २४   बजे
859090900

काठमाडौं,१८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुव्र्यसनी छन् । लागुऔषध दुव्र्यसनविरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुव्र्यसनी फेला परेको हुन् ।

उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षणमा नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १६३ पुरुष र ३४ महिला लागुऔषधको दुव्यसनीमा रहेको जनाइएको छ । तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघने ६३ र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना छन् ।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० छन् । लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार गर्दै आएको सर्वेक्षणमा जनाइएकोे छ । यो कूल सङ्ख्याको २० प्रतिशत मात्रै हो ।

सर्वेक्षणअनुसार नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या भयावह देखिएको साहारा हाउस नेपालगञ्ज शाखाका सञ्चालक अभिराज क्षेत्रीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको अनुमान छ ।

“लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ”, उहाँले भन्नुभयो, “यकिन तथ्याङ्क नहुँदा रणनीति तयार गर्न समस्या भइरहेको छ ।”लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले प्रारम्भिक तथ्याङ्कले आगामी दिनमा अन्सन्धानमा टेवा पु¥याउने बताउनुभयो ।उहाँले भन्नुभयो, “एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोवबार घटेपनि ब्राउन सुगर, चरेश, अफिमलगायत महँगो मूल्यका लागुऔषध प्रयोगकर्ता बढेको छ ।

लागुऔषध कारोवारका लागि नेपालगञ्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।” उक्त ब्यूरोकाअनुसार जिल्लामा चालू आवको १० महीनामा प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधिमा २९७ पक्राउ परेका छन् भने १९२ मुद्दा दर्ता भएका छन् । सो उपमहानगरपालिकाको सहयोगमा लागुऔषधविरुद्ध नेपालगञ्जमा क्रियाशील विभिन्न संस्थाले उक्त सर्वेक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu