ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित


एबीसी न्यूज
१९ जेष्ठ २०७६, आइतबार   १२ : ५६   बजे

 

काठमाडौँ, १९  जेठ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो ।

अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ ।विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर जग्गामध्ये सोही नगरपालिका–१ को गाल्टारस्थित सात बिघा १० कठ्ठा जग्गा जबर्जस्ती कब्जा गरेर तामाङटोल बसाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले जानकारी दिनुहुन्छ । त्यसैगरी बर्दिवास–१४ स्थित हटियामा विद्यालयको जग्गामा पक्कीघर, अर्धपक्की घर र टहरा बनाएर दुई बिघा १० कठ्ठा जग्गा हडपिएको छ । हटियास्थित विद्यालयको जग्गामा १० पक्की तीनतले घर, १२३ अर्धपक्की भुँइतले घर र ७२ टहरा बनाएर स्थानीयवासी जबर्जस्ती बस्दै आएका उहाँ बताउनुहुन्छ ।

बढ्दो शहरीकरणसँगै जग्गाको मूल्य पनि आकाशिँदै गएकाले सार्वजनिक जग्गा पनि अतिक्रमण गर्ने क्रम बढेको हो । विद्यालयले कैयौँपटक जग्गा खाली गरिदिन आग्रह गरे पनि जग्गा हडपेर आफूखुशी संरचना बनाएर बसेकाहरुले नसुनेझै गरेका विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी उल्लेख गर्नुुहुन्छ । विद्यालयको अतिक्रमित जग्गाको मूल्य अहिले रु पाँच अर्बको हाराहारीको रहेको उहाँको भनाइ छ ।पछिल्लोपटक विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको कानूनी स्वामित्व रहेका सबै जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा जग्गा खाली नगरिए स्थानीय प्रहरी÷प्रशासन र स्थानीय निकायको समन्वयमा जबर्जस्ती बनाइएका संरचना भत्काउने तयारी गरिएको प्रधानाध्यापक तिवारी जानकारी दिनुहुन्छ ।

विसं २०१६ मा यहाँका शिक्षाप्रेमी स्व नीरबहादुर हमालले आफ्नै जग्गा विद्यालयको नाममा दिएर स्थापना गर्नुभएको विद्यालयमा कालान्तरमा अन्य दाता थपिदै जाँदा विद्यालयसँग २० बिघा पाँच कठ्ठा १२ धुर जग्गा पुगेको थियो । अहिले विद्यालयकै जग्गा हडपिँदै जाने तर जग्गाको आयस्था विद्यालयलाई प्राप्त नहुँदा भौतिक साधन र स्रोत जुटाउन सकस परेको विद्यालय प्रशासनले जनाएको छ ।खासगरी समाजका अतिविपन्न परिवार, गरीब मुसहर जाति र अन्य दलित जातिका छोराछोरी अध्ययन गर्ने विद्यालयमा बालविकास कक्षादेखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले एक हजार २०० छात्रछात्रा रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group