ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा


एबीसी न्यूज
२० जेष्ठ २०७६, सोमबार   १ : ५०   बजे

 

काठमाडौं, २० जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक/शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्mना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताउनुभयो ।

सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रासद गुरुङले स्वयम्सेवकका रुपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्ने सम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवप्रसाद तिमल्सिनाले रौतहट जिल्लामा हुरी, असिना र पानीले कृषिबालीमा क्षति पुग्न गएको उल्लेख गर्दै यसको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले बाँके जिल्लाको सुनापुर गाउँपालिकामा विद्युतीकरण सेवा पु¥याउनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा गति नियन्त्रण निर्माण र सिसीटिभी क्यामेरा जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद प्रमोद शाहले लोकसेवा आयोगको विज्ञापन विधिपूर्वक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभुनारायण चौधरी, पार्वती डिसी चौधरी, प्रकाश स्नेही र प्रमिला राईले देशमा हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार तथा अनियमितता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिनेभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group