ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरी र सरकारी कर्मचारीमाथी आक्रमण गरेर केन्द्रलाई तर्साउने नीतिमा विप्लव , देशभर सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’


एबीसी न्यूज
२१ जेष्ठ २०७६, मंगलबार   ९ : ०१   बजे


काठमाडौं, २१ जेठ । सोमवारदेखि सोलुखुम्बु प्रहरी चौकीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समूहको आक्रमणको प्रयास असफल भएपछि देशभर सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’ राखिएको छ । सुरक्षा सयन्त्रको वैठक बसेर प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आक्रमण गर्न सक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको हो । भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा प्रहरीसँगको मुठभेडमा विप्लव नेकपाका कार्यकर्ता तिर्थराज घिमिरेको ज्यान गएपछि विप्लव समूह आक्रमणमा उत्रिनसक्ने सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।

गत सातामात्रै प्रहरीले मौखिक रुपमा दिएको निर्देशनमा, एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनिएको थियो । गृहमन्त्री रामबहादुर थापाले गत साता संसदमा विप्लव समूहले चार बटालियन जनसेनाको तयार पारेको खुलासा गरेका थिए ।

प्रहरीले विप्लवसहित नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ अन्तर्गत गाउ–गाउँमा प्रहरी परिचालन गरेको छ । सुरक्षा रिपोर्टअनुसार तराईका जिल्लाभन्दा पहाडी जिल्लामा रहेका प्रहरी चौकीलाई विप्लव समूहल निसानामा राखेको छ । यसअघि कालीकोटमा पनि विप्लव समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । प्रतिबन्ध लागेपछि पार्टीको सांगठनिक संरचना बदलेको नेकपामा विप्लव सबैभन्दा शीर्ष तहमा छन् । महासचिवको हैसियतमा उनले नेतृत्व गरिरहँदा पार्टीले पाँच सदस्यीय स्थायी समिति बनाएको छ । सांगठनिक रुपमा देशलाई तीन भागमा विभाजन गरेको छ । यसमा पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिमी कमाण्ड छन् ।

पूर्वी कमाण्डको इन्चार्ज पोलिटब्यूरो सदस्य अनिल शर्मा ‘विरही’ हुन् । मध्य कमाण्ड इन्चार्जमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ हुन् । उनी पक्राउ परेपछि खड्गप्रकाश विश्वकर्मा ‘प्रकाण्ड’लाई मध्यकमाण्डको जिम्मेवारी दिइएको छ । पहाडी जिल्लामा रहेका कतिपय प्रहरी चौकी सञ्चार सम्र्पकमा छैनन् । अत्यधुनिक हतियारको अभाव र भौगोलिक विकटका कारण प्रहरी चौकी र जनशक्ति नै भनेजति छैन् । नेपाल प्रहरी र सरकारी कर्मचारीमाथी आक्रमण गरेर केन्द्रलाई तर्साउने नीति विप्लव समूहले लिएको देखिन्छ ।

विप्लव समूहले सोमबार मात्रै सोलुखुम्बुमा प्रहरी चौकीमाथि आक्रमण गर्ने प्रयास गरेको भए पनि स्थानीयको सूचनाका कारण असफल भएको थियो । राति १२ बजे स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई सुरक्षित रहन खबर गरेका थिए । राति चौकी छाडेर भागेका प्रहरी बिहान ६ बजेमात्रै चौकीमा फर्किएको भए पनि गृह मन्त्रालयले भने अस्वीकार गरेको छ ।
आइतबार दिउँसो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामका स्थानीयले गाउँमा हतियारधारी समूह छिरेको सूचना जिल्लाका सुरक्षा अधिकारीलाई दिए । सूचना पाएलगत्तै प्रहरीको आशंका विप्लव समूहतिर तेर्सियो ।

प्रहरीले विप्लवतिरै शंका गर्नु पछाडि दुई कारण थिए, पहिलो–गाउँमा हतियारधारीको चहलपहल बढेको जानकारी आइरहेको थियो । त्यही आधारमा गस्ती पनि बढाइएको थियो । आइतबार राति चौकी छाडेर हिँडेका प्रहरी अधिकारीहरु विहान पुनः चौकीमा पुगे । त्यहाँ आक्रमणको कुनै निशाना थिएन । कागज पत्र र अन्य दस्तावेज पनि सकुशल थिए । जिल्लाका एक सुरक्षा अधिकारीका अनुसार त्यसरी गाउँ प्रवेश गरेका भनिएका हतियारधारी विप्लव समूहका कार्यकर्ता थिए/ थिएनन् भन्ने पुष्टि समेत भएको छैन । अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख डीएसपी सालिकराम शर्मा आफैं घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने बाहिर आए जस्तो घटना नभएको बताउँछन् ।

सरकारले विप्लव समूहलाई २८ फागुनमा प्रतिबन्ध लगाएको छ । १२ जेठमा काठमाडौंमा भएको श्रृङ्खलाबद्ध विस्फोटका घटना भयो । तर अहिलेसम्म विप्लव समूहले प्रहरी चौकीमा आक्रमण जस्ता घटना केही गरेको छैन । विप्लव समूहलाई लिएर गाउँमा खटिएका प्रहरीहरुमा भने त्रास छ । स्थानियबासीको भनाइलाई आधार मान्ने हो भने सोलुखुम्बुमा हतियारसहित छिरेको समूह कुन हो ? र सुरक्षामा खटिएको प्रहरी चौकिनै छाडेर भागेको भए किन भाग्नुप¥यो यसको खोजविन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group