ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिल्लका देशमा मणिजस्तै ओखरबोटको तामाखानी


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ५ : ३०   बजे

काठमाडौं,२२ जेठ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा आउन सकेको छैन ।

तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ भने जनता बेरोजगारीका कारण विदेशिन बाध्य भएका छन् । २०१८ सालदेखि २०४२ सम्म नियमित सञ्चालनमा रहेको र त्यसपछि सरकारको निर्देशनका कारण बन्द रहेको तामाखानी अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीय सरकार र जनताका लागि तामाखानी ‘भिल्लाका देशमा मणि जस्तै भएको छ ।

यो तामाखानीमा २०४२ सालसम्म दैनिक २०० भन्दा बढी कामदारले काम गर्नाका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निस्कने गरेको तत्कालीन प्रधानपञ्च एवम् हाल मालिका गाउँपालिका–४ का वडाध्यक्ष दिलीपकुमार शेरचनले जानकारी दिनुभयो । त्यतिबेला यहाँको खानीबाट निकालिएको तामा प्रतिधार्नी रु १५० मा बिक्री हुने गरेको उहाँले बताउनुभयो । तत्कालीन अवस्थामा तामाखानीका ठेकेदारसमेत रहनुभएका वडाध्यक्ष शेरचनका अनुसार सो तामाखानीमा २०२६ सालमा भारतको विडला कम्पनीबाट प्राविधिकहरु झिकाई खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन पनि हुनसक्ने बताएका थिए । त्यसको ४ वर्षपछि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित २०३० साल मङ्सिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आउनुभएको र खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आदेश दिएको थियो ।

त्यसपछि २०४२ सालसम्म नियमित सञ्चालन भएको सो तामाखानी विसं २०४२ मा सरकारले कर वृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी बन्द गर्नुपरेको थियो । त्यतिबेला अहिलेका वडाध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी सञ्चालन गर्ने ठेक्का लिनुभएको ओखरबाटका ८३ वर्षीय दिलप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

घर्ती मगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्बाइ २५० देखि ३०० मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्न सकिने घर्ती मगरले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिशसहित पाँच पटकसम्म काठमाडाँैस्थित खानी विभागमा गई खानी सञ्चालनका लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको बताउनुभयो । “खानी सञ्चालनका लागि मैले धेरै प्रयास गरेँ”ं, अध्यक्ष शेरचनले भन्नुभयो, “तर सरकारले खानी सञ्चालनको अनुमति दिएन ।”

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेण्डा बनाए । गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहँुदा स्थानीयवासी निराश भएका छन् । ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा दुई वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करीब दुई किलोमिटरको सुरुङ खनेर २०४२ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावका कारण बन्द भएको तामाखानीका बारेमा एक वर्षयता धेरै बोले पनि काम नभएको स्थानीयवासी जगदीश रसाइलीले गुनासो गर्नुभयो ।

खानी उत्खननका क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । यता मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताउनुभयो । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्ने सुझाव अध्यक्ष रोकाको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group