ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकलाई अबदेखि मासिक तलब खुवाइने


एबीसी न्यूज
२३ जेष्ठ २०७६, बिहिबार   ५ : ३१   बजे

काठमाडौं,२३ जेठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ । शिक्षण पेशाका कर्मचारीलाई चौमासिक तलब भुक्तानी गर्दा सधैँ आर्थिक समस्यामा परिरहने अवस्थाको अन्त्य गर्न नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ । चौमासिक तलब भुक्तानीलाई अन्त्य गर्दै हरेक महीनाको ५ गतेभित्र मासिक तलब निकासा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनुभयो ।

शिक्षक, कर्मचारी र बालविकासका सहयोगीसमेतलाई अबको आर्थिक वर्षबाट मासिकरुपमा तलब निकासा गर्ने बताइएको छ । “अबको चरण भनेको गुणस्तरीय शिक्षाको हुनेछ जसको पहिलो कडी शिक्षकको आर्थिक समस्यालाई हल गर्दै चौमासिक तलबलाई हामी मासिक गराउने छौँ । शिक्षा क्षेत्रमा केही नयाँ अभ्यास गर्ने चरणमा छौँ हामीले सधैँ शैक्षिक गुणस्तरका कुरा ग¥यौँ, यो भएन त्यो भएन भन्यौँ तर शिक्षकलाई हेरेनौँ”, नगरप्रमुख तामाङले भन्नुभयो ।

नगरपालिकाभित्रका सबै तहका गरेर ४५१ शिक्षक, लेखा कर्मचारी, कार्यालय सहयोगी र ६५ वटा बालविकासका सहयोगीसमेतलाई मासिक तलब भत्ताको व्यवस्था गर्न कठिन भए पनि शिक्षक, कर्मचारीको हितमा नयाँ अभ्यासको थालनी गर्ने निर्णय गरिएको नगरप्रमुख तामाङको भनाइ छ ।

हालसम्म पनि शिक्षकहरुले चौमासिक तलब भुक्तानी पाउँदै आएकामा सम्भवतः मासिक तलब भुक्तानीको निर्णय गर्ने चौतारा साँगाचोकगढी पहिलो नगरपालिका बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group