ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको सज्ञा दिनुभए पछि……


एबीसी न्यूज
२३ जेष्ठ २०७६, बिहिबार   ६ : १०   बजे

काठमाडौं,२३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको सज्ञा दिनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उहाँले बजेट कागजको घाडा जस्तै भएको टिप्पणी गर्नुभएको हो । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “कागजको घोडा जस्तै बजेट । न यसले घास र दाना खाला ,न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि । पूँजीगत खर्च गर्न नसक्ने , विकास खर्च गर्न नसक्ने । बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने , चालु खर्च नपुग हुने , विकास खर्च गर्नै नसक्ने । त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहीँपनि पुग्दैन । पोहोरसाल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठुलो भएछ । अझै ठुलो बनाईदिएको भएपनि हुन्थ्यो । ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला । जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ । देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पुरा गथ्र्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन । त्यसो भएर दुख लाग्या छ । ”

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले समाजवाद हुदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुदै पूँजीवाद उन्मुख भएको दाबी गर्नुभयो । कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले वृद्ध भत्ताका लागि ७० बर्षबाट ६५ बर्षमा कायम गर्ने निर्णय पुर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गर्नुभयो । त्यसैगरी उहाँले पुर्ववर्ती सरकारले स्पाईनल कर्ड इन्जुरी, मटु, र्मिगौला, क्यान्सर रोगका विरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

भोटेकोसी बाढीपछि भारतले चौथोपटक ११ टन राहत सामग्री पठायो

विराटनगरमा चोरी गरेर भाग्ने क्रममा तीन तलाबाट खसेर एक जनाको मृत्यु

उपल्लो मुस्ताङमा हिमताल र बाढीको जोखिमबारे ड्रोनबाट अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu