ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका नदी खोला कोरिडोरबाट ट्राफिक व्यवस्थापनमा सहज , करिडोर क्षेत्रमा प्रदुषण बढ्दै गएकोमा चिन्ता


एबीसी न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार   ८ : ५५   बजे

काठमाडौं, २४ जेठ । उपत्यकाको सवारी चापको नियन्त्रण र नदीखोला आसपासको जग्गा संरक्षण एवम् सौन्दर्य वृद्धिको लक्ष्यसहित २०३३ सालमा करिडोर निर्माणको योजना भएको हो । गोकर्ण दोभानदेखि बल्खुसम्म २५ किलोमिटर लामो वाग्मती करिडोर निर्माण तीन चरणमा गरिएको थियो । ४३ वर्ष बितिसक्दा पनि करिडोर निर्माण योजनाको दोस्रो र तेस्रो चरणको काम अझै सम्पन्न हुन सकेको छैन । सम्पन्न भएको केही करिडोर क्षेत्रमा भने सवारी चाप बढ्न थालेका कारण ट्राफिक दुर्घटनाहरुको सम्भावना बढ्दै गएको आमनागरिकले बताएका छन् ।

पहिलो चरणअन्तर्गत सुन्दरीजलदेखि गोकर्णसम्म आठ किलोमिटर, दोस्रो चरणमा गोकर्णदेखि पशुपतिसम्म तीन किलोमिटर र तेस्रो चरणअन्तर्गत तिलगंगादेखि बल्खुसम्म १४ किलोमिटरको क्षेत्रफलमा नदीखोला वरपर करिडोर निर्माण कार्य अगाडी बढीरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । नापीको नक्सा अनुसार काठमाडौं उपत्यकामा बग्ने प्रमुख नदीखोलाको डिलबाट दाया–बाया बीस मिटर छोडेर मात्रै निर्माण गर्न पाउने नेपाल सरकारको भवन निर्माणको मापदण्ड छ । नदीखोलाको खाली रहेको यीनै क्षेत्रफलमा करिडोर निर्माणको काम भईरहेको प्राधिकारणले जनाएको छ । अहिले करिडोर निर्माणको काम केही सम्पन्न भईसकेको र केही भर्खर सुरु भईरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणमार्फत धोवीखोला करिडोर सुधार आयोजना निर्माणको काम भईरहेको छ भने बाग्मती, विष्णुमती र मनोहरा लगायतका अन्य सबै नदीखोला क्षेत्रको करिडोर निर्माण तथा व्यवस्थापनको काम अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितीमार्फत भईरहेको छ ।

करिडोर क्षेत्रमा सवारी आवतजावत भएपछि मूल सडकलाई पर्ने चापमा केही राहत पुगेको छ । करिडोर निर्माण कार्य सराहनिय भन्दै आम नागरिकले पनि सरकारको यस कामप्रति सन्तुष्टि जनाएका छन् ।  करिडोर निर्माणलाई थप वैज्ञानिक र व्यवस्थित गर्नु पर्ने पनि केहीले बताएका छन् । सडकमा भएको खाल्डाखुल्डी भएको र कतिपय ठाउँमा भने आवतजावतमा समस्या आईरहेको प्रति भने कहीले गुनासो गरेका छन् ।

नदीखोला वरपर निर्माण भईरहेको करिडोर क्षेत्रमा प्रदुषणको समस्या भने बढ्दो छ । ढल र फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा यस क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी र पैदल यात्रीहरु बढी मारमा परिरहेका छन् ।  करिडोर क्षेत्रमा सवारी साधनहरु पहिले भन्दा धेरै गुड्न थालेसँगै छिटफुट रुपमा दुर्घटना समेत भईसकेको छ । ट्राफिक प्रहरी व्यवस्थापनले करिडोर क्षेत्रलाई पनि विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group