ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन


एबीसी न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार   १ : ३२   बजे

काठमाडौं, २४ जेठ । प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगमनमा नगएको बताउनुभयो । “सबै अनुगमनमा जाने तर परिणाम केही नहुने देखेपछि हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौँ”, उहाँले भन्नुभयो, “तर वास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।”

सभापति न्यौपानेले कानून तयार भइसकेको र कानून कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताउनुभयो । प्रदेश लेखा समिति सदस्य वैजनाथ कलवारले नदीमा चरम दोहनको अवस्था रहिरहे साउनपछि खोलामा माटो मात्र हुने बताउनुभयो । कलवारले अनुगमनका क्रममा क्रसरहरु अवैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको बताउनुभयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैधरुपमा भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाउनुभयो । खोलामा एक्साभेटर पस्नासाथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी भएको तर्क गर्नुभयो ।

तत्कालीन जिल्ला विकास समिति रुपन्देहीका उपसभापति रामचन्द्र ढकालले नदीको दोहन चरम रुपमा भइरहेकाले नियन्त्रण जरुरी रहेको धारणा राख्नुभयो । उहाँले विकास निर्माणका लागि नदीजन्य पदार्थ निकाल्नु स्वभाविक भए पनि अवैध उत्खननलाई रोक्नुपर्ने बताउनुभयो ।

वातावरणविद् प्राडा नारायण कँडेलले विकास निर्माण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाले ध्यान दिन नसकेको धारणा राख्नुभयो । वातावरणीय पक्षलाई ख्याल नगरी हुने दोहनले भविष्यमा विकराल समस्या उत्पन्न गर्नेतर्फ उहाँले सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu