ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   १२ : ०३   बजे

काठमाडौं, २६ जेठ । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।

समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहलाई वन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कुनै पनि काम कारवाही नगर्न निर्देशन दिएको हो ।

अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको अवस्थामा स्थानीय उपभोक्ताले रङ्गेहात नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएका थिए । सोधपुछको क्रममा उपभोक्ता समूहका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा ठाडो रुख कटान गरेको भन्ने उजुरीपछि डिभिजन वन कार्यालयका प्रमुख अजित कर्णले स्थलगत निरीक्षण पनि गर्नुभयो ।

अनुगमनको क्रममा वन समूहको काम शङ्कास्पद देखिएपछि समूहका सम्पूर्ण काम कारवाही अर्को आदेश नभएसम्मका लागि बन्द गर्न निर्देशन गरिएको डिभिजन वन कार्यालय परासीका प्रमुख अजित कर्णले जानकारी दिनुभयो ।

सुनवल–४ मा उपभोक्ता समूहका कर्मचारीले डिभिजन वन कार्यालयबाट कटान आदेश नै नलिई रु ३५ लाखबराबरको काठ रातिको समयमा कटान गरी कटानस्थलभन्दा बाहिर बेवारिसे फालेको अवस्थामा स्थानीय उपभोक्ताले फेला पारेका थिए । उपभोक्ता समूहले तस्करले काटेको काठलाई संरक्षण गरेकोे भन्दै टारेको थियो ।

स्थानीय उपभोक्ता र वन समूहको कुरा बाझिएपछि सवडिभिजन वन कार्यालयमा उजुरी दिइएपछि डिभिजन वन कार्यालयले सहायक वन अधिकृत मोसाफिर भगतको संयोजकत्वमा गठित छानबिन समितिले काठ कटान वैधानिक भएको भन्दै गलत प्रतिवेदन दिएपछि उपभोक्ता आक्रोशित भएका थिए ।

स्थलगत निरीक्षण गर्दै डिभिजन वन कार्यालयका प्रमुख कर्णले उक्त उपभोक्ता समूहको बैंक खाता रोक्का गर्नुका साथै अर्को छानबिन समिति गठन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उपभोक्ता समूहका पदाधिकारीसहित सवडिभिजन वन कार्यालय सुनवलका प्रमुख रवीन्द्र जिसी र छानबिन समितिका संयोजकसमेत रहनुभएका सहायक वन अधिकृत मोसाफिर भगत पनि अनुसन्धानको दायरामा परेको प्रमुख कर्णले बताउनुभयो ।

वन कार्यालयका अधिकृतले मिलेमतोमा आर्थिक चलखेलमा परी गलत कामलाई नियमअनुसार कटान गरिएको भन्ने मुचुल्का बनाएर घटना ढाकछोप गरेको सुनवल–४ का उपभोक्ता खड्ग बस्नेतले बताउनुभयो । सहायक वन अधिकृत मोसाफिर भगतले भने सवडिभिजन कार्यालय सुनवलले आफ्नै रोहवरमा रुख कटान भएको भन्ने प्रतिवेदन दिएको आधारमा बदमासी नभएको प्रतिवेदन दिएको बताउनुभयो ।

स्थलगत निरीक्षणबिनै विवादित अधिकृतको प्रतिवेदनको आधारमा मात्रै निर्णय गरिनु पदको दुरुपयोग भएको सुनवल–४ का उपभोक्ता रामप्रसाद ढकालको भनाइ छ । मुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव यज्ञप्रसाद पाण्डेले भने आफूहरुले विधान र नियमानुसार काम गरेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group