ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   २ : १०   बजे
काठमाडौँ, २६ जेठ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा लागू भएको छ । तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम शुरु गरिसकेका छन् भन्ने अन्य स्थानीय तहले शुरु गर्ने तयारी गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट गरी रोजगार दिन थालेको छ । सो कार्यक्रमका लागि रु चौध लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमअन्तर्गत गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथर सम्मको करीब साढे पाँच किलोमिटर मोटरबाटो स्तरोन्नतिका लागि रु साढे चार लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिनुभयो । बाँकी रकम रिमिघा लेकको पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा खर्च गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ९० युवालाई रोजगार दिइने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो ।
त्यस्तै रिब्दिकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु चौध लाख र गाउँपालिकाबाट रु पाँच लाख गरी कूल १९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । यसैगरी सो कार्यक्रमका लागि रामपुर नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । यसबाट करीब सय जना युवालाई रोजगार दिने योजना रहेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
“नगरका धेरै बेरोजगार युवालाई समेटेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ”, नगर प्रमुख थापाले भन्नुभयो, “असारदेखि काम थालनी हुँदैछ ।” यस कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४२ लाखबाट एक सय ८५ युवालाई रोजगार दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । त्यस्तै निस्दी गाउँपालिकामा प्राप्त रु १३ लाख बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । यस कार्यक्रमअन्तर्गत तिनाऊ गाउँपालिकामा प्राप्त भएका रु १२ लाख बजेटबाट दुई सय युवालाई रोजगार दिने गरी योजना छनोट प्रक्रिया भइरहेको अध्यक्ष ओमबहादुर घर्तीमगर बताउनुहुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु उन्नाइस लाख बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३२० युवालाई रोजगार दिने तयारी थालिइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको रु १३ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै सो कार्यक्रमअन्तर्गत माथागढी गाउँपालिकालाई प्राप्त भएको १६ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रममा सहभागी हुन गाउँपालिकाका एक हजार दुई सय बढी युवाले आवेदन दिएका छन् ।
बगनासकाली गाउँपालिकाका लागि प्राप्त रु १६ लाख बजेटबाट कामदार छनोट गर्ने प्रक्रिया भइरहेकाले आगामी असारको पहिलो सातादेखि कार्यक्रम शुरु गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, साना–साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group