ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   ३ : १६   बजे

 

काठमाडौं, २६ जेठ । सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०/५० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै पञ्चकोटको थप पूर्वाधार निर्माणका लागि रु ८० लाख विनियोजन भएको सांसद मनकुमारी केसीले बताउनुभयो ।

आब २०७६/७७ को बजेटले बागलुङको पर्यटन विकासमा रु पाँच करोड पाँच लाख रकम विनियोजन भएर आएको हो । जिल्लाको बलेवास्थित भैरबस्थान मन्दिर संरक्षणका लागि रु १० लाख, काठेखोला गाउँपालिका–७ रेशमा मदन भण्डारी पदमार्ग निर्माणका लागि रु २५ लाख, शहिद गोविन्द अधिकारी स्मृति प्रतिस्ठानका लागि रु २० लाख, ढोरपाटनमा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि रु २० लाख, ब्रम्हाकमल मन्दिरलाई रु १५ लाख, बागलुङ नगरपालिकाको रातमाटास्थित सरस्वती मन्दिरका लागि रु १० लाख, तमानखोला गाउँपालिकास्थित बराहाताल÷कटेरी संरक्षणका लागि रु १० लाख, बडिगाड गाउँपालिकाको राधाकृष्ण मन्दिरका लागि रु १५ लाख विनियोजन भएको सङ्घीय सांसद देवेन्द्र पौडेलले बताउनुभयो ।

यस्तै ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि रु २० लाख, रातमाटा विकास समाजका लागि रु ४० लाख, गलकोट नगरपालिकाको घुम्टेस्थित सिद्धभैरव मन्दिर संरक्षणका लागि रु २० लाख, भैरवस्थान मुलावारी हुँदै रेश जाने पदमार्ग निर्माणका लागि रु १० लाख र घोडाबाधे घुम्टे पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको सांसद केसीले जानकारी दिनुभयो ।

‘‘विनियोजित बजेटले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, मन्दिरको संरक्षण तथा जिर्णोद्वार, पदमार्ग निर्माण र संस्कृतिको संरक्षण गर्नका लागि प्रयोग हुनेछ’’ पाठकले भन्नुभयो, ‘‘बागलुङको पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन बजेटले ठूलो महत्व राख्नेछ ।’ पर्यटकीय गन्तव्यको रुपमा रहेका जैमिनी धाम, बिहु“को रामकोट, हांडीकोटलगायतका क्षेत्रहरुमा बजेट विनियोजन गर्दा छुटेका कारणपछि सम्बोधन गर्ने गरी थप पहल गर्ने डा सुर्य पाठकले बताउनुभयो ।

पर्यटन मन्त्रालयको कूल बजेट रु दुई अर्ब ६८ करोड रहेको छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता दिने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको पहिचानमा सरकारले जोड दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu