ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनमी बर्थिङ सेन्टर नआउदा शिशुको मृत्यु, आमा गम्भिर


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   ४ : ३४   बजे

अछाम, २६ जेठ । अछाममा उपचार नपाउदा एक नवजात शिशुको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा ज्यान गएको हो ।

सुत्केरी ब्यथा लागेकी ३२ बर्षीया नन्दकला आईतबार बिहान ९ बजे स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा पुग्नुभएको थियो । २४ सै घण्टा प्रसुती सेवा उपलब्ध सूचिकृत संस्थामा २ जना अनमी भएपनि एक जना तालिम गर्न कमलबजार अस्पताल तथा एक जना घरमा गएकाले नन्दकलाले उपचार पाउन नसकेको नन्दकलाका श्रीमान प्रेम प्रसाद भाटले बताउनु भयो । सुत्केरी पीडामा रहेकी नन्दकलाले मृत शिशुलाई जन्म दिनुभएको हो ।

“घरमा रहेकी अनमी लक्ष्मी विष्टलाई फोन गरी आईदिन अनुरोध गरेका थियौँ” प्रेम प्रसादले भने – “अनमीले अहिले आफु खाना पकाउन लागेको र बर्थिङ सेन्टरमा आउन नसक्ने बताईन्, मेरो छोरोको ज्यान गयो र श्रीमतिको स्वास्थ्यमा थप जटिलता आयो ।” भाट दम्पतीका यसअघि २ छोरी रहेका छन् । बच्चा पेटमा उल्टो रहेकाले समेत समस्या भएको आफन्तले जनाएका छन् । हाल स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहत रहेकाले कर्मचारी व्यवस्थापनको काम पनि स्थानीय तहले नै गर्ने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले बताउनु भयो । कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले कर्मचारीको व्यवस्था भएको र ढिलो पु¥याएका कारण बच्चाको ज्यान गएको बताउनु भयो ।

घटना भएको खबर पछि ईलाका प्रहरी कार्यालय कमलबजारबाट घटनाबारे जानकारी लिन प्रहरी टोलि पुगेको छ । जिल्लाका कतिपय स्वास्थ्य संस्थामा अनमी एवं कर्मचारी भएपनि व्यवस्थापन हुन नसक्दा स्थानीय सेवाबाट बञ्चित हुने तथा ज्यानै जाने समस्या भोग्न बाध्य छन् । यसतर्फ स्थानीय तह एवं स्वास्थ्य शाखा संवेदनशील हुनुपर्ने सरोकारवालाको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group