ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइएलओको शतवार्षिकीमा नेपालको उच्च सहभागिता


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   ५ : ५६   बजे

 

काठमाडौं, २६ जेठ । ‘विश्व शान्तिको स्थापना सामाजिक न्यायको आधारमा मात्र स्थापना हुन सक्छ’ भन्ने मान्यता लिएकार स्थापित अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले सय वर्ष पूरा गरेको छ ।

सय वर्ष पूरा गरेको गौरवमय अवसरमा सोमबारदेखि संसारभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुख स्वीट्जरल्याण्डको जेनेभामा भेला भएका छन् । संयुक्त राष्ट्र सङ्घको एक अङ्ग मानिने आइएलओको शतवार्षिकी समारोहमा नेपालको पनि उच्चस्तरीय सहभागिता छ । यसले न्यूनतम् ज्याला, अप्रवासी कामदार, घरेलु श्रमिक र श्रम क्षेत्रसँग जोडिएका अन्तर्राष्ट्रिय चासोका विषयमा आवश्यक नीति निर्माण र पैरवी गर्दै आएको छ । बाल मजदूरबारे विशेष चासो राख्ने यसले श्रमसम्बन्धी तथ्याङ्क सङ्कलन पनि गर्ने गर्छ ।

सन् १९१९ अक्टोबर २९ मा स्थापित आइएलओको कुम्भमेलाका विभिन्न सत्रमा अन्तर्राष्ट्रिय श्रम बजार, श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा दिगो आर्थिक विकासका लागि रोजगारदाता र श्रमिकको सम्बन्धका बारेमा छलफल हुनेछ । संसारका १८५ सदस्य राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुख भेला भएको सो स्थलमा रोजगारदाता संस्थाका सयौँ प्रतिनिधिकोसमेत सहभागिता छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि शतवार्षिकीका अवसरमा विशेष वक्ता हुनुहुन्छ । आइएलओको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालकोतर्फबाट सम्भवतः पहिलोपटक प्रधानमन्त्रीस्तरमा नै सहभागिता जनाइएको हो । आइएलओले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री ओलीले सोमबार जेनेभाको स्थानीय समयअनुसार साँझ सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले जेनेभामा सङ्गठनका महानिर्देशक गाय राइडरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालले श्रम र रोजगारका क्षेत्रमा चालेका नयाँ कदम र भावी योजनाबारे सङ्गठनसँग सहकार्यको खोजी गर्ने बुझिएको छ । नेपालले श्रमसम्बन्धी नीतिगत व्यवस्था गरी सो सङ्गठनको गभर्निङ बडीमा सदस्य रहेर काम गर्ने वातावरण मिलाउने अवसर पनि देखिएको छ ।नेपाल सरकारले राजनीतिक स्थिरतासँगै बेरोजगारीको अन्त्य गर्ने लक्ष्यका साथ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’समेत अगाडि बढाएको छ । आगामी आर्थिक वर्ष थप पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । देशभर नै यतिखेर प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत शुरु भएको छ । समयानुकूल श्रम ऐन र सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा आइसकेको छ ।

सो सङ्गठनको स्थापना पहिलो विश्वयुद्धको समाप्त भएपछि भर्साइलको सन्धिको उपलब्धिसँगै भएको हो । विश्वमा शान्ति स्थापना सामाजिक न्यायको आधारमा हुन सक्छ भन्ने धारणासहित यसको स्थापना भएको हो । सङ्गठनको स्थापनापश्चात् पहिलो सम्मेलन पेरिसमा भएको थियो । यसको पहिलो अध्यक्षता संयुक्त राज्य अमेरिकाका स्यामुयअ गोम्पर्सले गरेका थिए ।

पहिलो सम्मेलनमा बेल्जियम, क्युवा, चेकस्लोभाकिया, फ्रान्स, इटली, जापान, पोल्याण्ड, बेलायत र अमेरिका गरी नौ राष्ट्रका प्रतिनिधि सहभागी थिए । आइएलओमा हाल अमेरिकाली देशबाट ३५, युरोप र मध्य एशियाबाट ५१, अरबबाट ११, एशिया तथा प्यासिफिकबाट ३४, अफ्रिकाबाट ५४ गरी जम्मा १८५ सदस्य राष्ट्र छन् ।

सङ्गठनको मुख्य ध्येय भनेको नै सामाजिक न्याय, मानव अधिकार र श्रमिकका अधिकारलाई अन्तर्राष्ट्रियरुपमै प्रवद्र्धन गर्नु हो । आइएलओका मुख्यतः चार रणनीतिक उद्देश्य श्रमका आधारभूत मान्यता र सिद्धान्त र अधिकारको प्रवद्र्धन गर्ने, महिला पुरुषलाई मर्यादित रोजगार र आयमा समान अवसरको सिर्जना गरी लैङ्गिक विभेद हटाउने, सबैका लागि सामाजिक संरक्षणको प्रभावकारिता अभिवृद्धि गर्ने र सामाजिक संवाद र रोजगारदाता, कामदार र सरकार पक्षलाई प्रोत्साहन गर्नेजस्ता रहेका छन् । विश्वव्यापीरुपमै आइएलओले कामदारको हकहित संरक्षण श्रममैत्री कानूनको वकालत गर्दै आइरहेको छ ।

नेपालले सन् १९६६ अगष्ट ३० मा ११६औँ सदस्य राष्ट्रका रुपमा आइएलओको सदस्यता प्राप्त गरेको हो । त्यतिबेलादेखि नै नेपालले श्रम सङ्गठनका विभिन्न सम्मेलनमा सहभागिता जनाउने, अनुमोदन गरेका अभिसन्धि तथा सुझावका बारेमा नियमित प्रतिवेदन बुझाउनेजस्ता कार्य गर्दै आइरहेको छ । नेपालले हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठनका आधारभूत अभिसन्धिका कूल आठमध्ये सात र अन्य प्राथमिकताका अभिसन्धि पनि पारित गरेको छ ।

सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखी आफ्ना काम कारवाहीलाई अगाडि बढाइरहेको सन्दर्भमा श्रम सम्बन्धलाई पनि प्रमुख प्राथमिकतामा राखेको छ । सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रम लगातार आगामी असार ६ गतेसम्म चल्नेछ । सम्मेलनले सन् २०२०–२१ को वार्षिक बजेटसमेत पारित गर्नेछ ।

यस्तै आइएलओ स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा प्राप्त भएका उपलब्धिका बारेमा समेत समीक्षा गर्ने कार्यक्रम छ । यस्तै बेरोजगारीको अन्त्य, श्रम सम्बन्धको सुधारमा संस्थाले गरेको अन्तर्राष्ट्रिय प्रयास तथा ‘उज्यालो भविष्यका लागि काम’ विषयमा समेत विशेष छलफल हुनेछ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा तय गरेका कार्यक्रमलाई सम्बोधन गर्नसमेत सम्मेलनले थप मार्ग प्रशस्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group