धनुषा, २७ जेठ । धनुषाको मिथिलाबिहारी नगरपालिका ८ कचुरीस्थित मिथिला आधारभुत विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रम रोकेर अनियमितता गरेका छन् ।
विद्यालयले अहिलेसम्म दिवा खाजा कार्यक्रम सुरु गरेका छैन । करिव एक वर्षअघिबाट नै विद्यालयमा खाजा बांड्ने योजना भएपनि अन्य विद्यालयहरुमा भने गत वैशाखदेखि दिवा खाजा कार्यक्रम सुरु भइसकेको छ । विद्यालयको खातामा नगरपालिकाले खाजा कार्यक्रमको लागि पैसा पठाइसक्दा पनि विद्यालयका प्रधानाध्यापक राम बिलास यादबको लापरबाहिले खाजा कार्यक्रम सुचारु हुन सकेको छैन ।
खाजा कार्यक्रम बाल विकासदेखि कक्षा पँंच सम्मका विद्यार्थीले पाउनुपर्ने हो । विद्यालयमा खाजा पाउने गरी २ सय ६० जना विद्यार्थि छन् । प्रधानाध्यापक यादबले पैसा खातामा आइसकेको स्वीकार्दै आफुले विद्यार्थिलाइ खाजा नदिइ पैसा दिने योजनामा रहेका बताउनुभयो ।
तर, जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले दिवा खाजा कार्यक्रमको सट्टामा पैसा बांड्ने नमिल्ने बताउनुभयो । आफुले दिवा खाजा कार्यक्रम नै प्रभावकारि बनाउन सम्पुर्ण स्थानिय तह र विद्यालयलाई दबाब दिइरहेको उहांले बताउनुभयो ।नगरपालिकाकी उपप्रमुख अनिता कुमारी साहले आफ्नो नगरपालिकाको सबै बिद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भैसकेको बताउनुभयो । अभिभावक लक्ष्मिनिया दासले विद्यालयमा विभिन्न योजना भएपनि विद्यार्थिलाई विद्यालयले केहि दिने नगरेकोले छोरी विद्यालय जान नमानेको गुनासो गर्नुभयो । दिबा खाजा कार्यक्रमको लागि धनुषमा मात्र करिब ५० करोड रुपिया बराबर बजेट रहेको छ । दिवा खाजा कार्यक्रम सुरु नहुँदा एकातिर बजेट फ्रिज हुने र अर्कातिर खाजाको पैसा दुरुपयोग हुने चिन्ता बढेको छ ।
प्रतिक्रिया दिनुहोस्