ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शक्तिले जोगाएका मलहोत्रा, गैरकानुनी धन्दाबाट अकुत सम्पत्ती जोड्नेहरुको लागि सम्पत्ती शुद्धीकरणको अस्त्रले तह लगाउन कहिले ? (भिडियोसहित)


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   १ : ०६   बजे

काठमाडौँ, ३० जेठ ।  नेपालमा इमान्दारिता र नैतिकताको निकै संकट छ । निहित स्वार्थका लागि राजनीतिलाई चरम दुरुपयोग गर्ने अनि अकुत सम्पत्ती जोड्नेहरु निकै सल्बलाएका छन् । लोकतन्त्रको नाउमा लुटतन्त्रको गलत अभ्यास हुदै आएको छ ।

विशेष गरि २०४६ को राजनीतिक परिवर्तनपछि कथित प्रजातन्त्रको आवरणमा निजी सम्पत्ती थोपर्ने अघोषित होड छ । प्रजातन्त्रको जलपमा सडक छापेहरु महलपति भइसकेका छन् । सडकमा चप्पल पट्काउनेहरु सरकारी सम्पत्ती हडप्ने, व्यापार व्यवसायीको नाउमा तस्करीको खेतीबाट रातारात मालामाल भएका छन् । रातारात मालामाल भएकाहरुले अकुत धनसम्पत्तीको बलमा राजनीतिक नेतृत्वलाई पैसामा खरिद गरिरहका छन् । राजनीति मन्द विषमा लठ्ठ बन्दै गएको छ ।

अकुत सम्पत्तीले मैमत्तहरु कानुनलाई चुनौति दिदै आफूलाई अजय शक्तिको रुपमा प्रदर्शन गरिरहेका छन् । सडकबाट महलमा पुगेकाहरुले सिंगो राज्यसत्तालाई अघोषित रुपमा खरिद गरे जस्तै अनुभूति हुन थालेको छ ।

अकुत सम्पत्ती जोड्ने सुन तस्करीका विवादित पात्र दीपक मलहोत्रा पनि हुन् । राजनीतिक शक्तिको चरम दुरुपयोग गरेर अकुत धन जोडेका छन् दीपक मलहोत्राले । सुन तस्करी होस् या सामसुङ प्रकरण उनको धन्दाको प्रतिनिधिमूलक उदाहरण हो । संविधान र कानुनतः गलत धन्दाबाट जोडिएकोसम्पत्ती गैरकानुनी हो । गैरकानुनी रुपमा जोडिएको चल या अचल सम्पत्ती भ्रष्टाचारको सवुत प्रमाण हो । हुन त यस्ता अकुत सम्पत्ती जोड्ने मलहोत्रा मात्रै एक्ला पात्र होइनन् ।

यस्ता पात्र दर्जनौ छन् मुलुकभर । मलहोत्रा अकुत सम्पत्ती जोड्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । विदेशबाट कालो धन ल्याउने होउन् या देशभित्र गैरकानुनीमा रुपमा धन आर्जन गर्नेहरु भ्रष्टाचारका असली पात्र हुन् ।

राजनीतिक शक्तिको आशिरवादमा त्यस्ता तस्कर र माफिया निर्वाध रुपमा समाजमा छाती खोलेर हिडिरहेका छन् । त्यस्तै एउटा असली पात्र हुन् दीपक मलहोत्रा । मलहोत्राको सुन तस्करी, सामसुङ मोबाइल, कार आयात तथा विक्रीमा विवाद छ । सबै क्षेत्रमा विवादित छवीका मालहोत्रा राजनीतिक संरक्षणमा यी सबै धन्दा गरिरहेका छन्।

कानुनी राज्यमा एकछत्र राज जस्तै छ । राजनीतिक नेतृत्वले धाप मारिरहेको छ । मलहोत्रा जस्ता नामूद व्यापारीहरु सरकारी सम्पत्तीको चरम दुरुपयोग, तस्करीदेखि भ्याट छलीमा दक्खलता हासिल गरिरहेका छन् । मुलुकलाई दोहन गरिरहेका छन् । जहां छिटो धन कुम्ल्याउन सकिन्छ त्यही हात हाल्दै र विवादित बन्दै गएका छन् मलहोत्रा प्रवृत्तिहरु । भ्रष्टाचार र अकुत सम्पत्तीको विपक्षमा सरकराले औपचारिक उदघोष गरिहेको छ । तर व्यवहारमा तस्करी, भ्याट छली, ठग ठेकेदारहरुलाई संरक्षण गरिहेको छ । राजनीतिले नीतिगत भ्रष्टचार गरिरहेको छ । कर्मचारी संयन्त्र यसको साक्षी छ नै ।

मौका मिले राजनीतिक आडमा तस्कारसंग मिलेमतो गर्दै अकुत सम्पत्ती जोड्ने खेलाडीहरु लुटको मैदानमा बुर्कुसीमा मारिरहका छन् । मुलुक सुुशासनतिर होइन, कुशासन र भ्रष्टचारमा उकालो लागिरहेको छ । केही महिना अघि सार्वजनिक गरिएको ट्रान्सप्यारेन्सी इन्टरनेशनल प्रतिवेदनले नेपाल अझै माथि उक्लिएको तथ्य बाहिर ल्याएको थियो । यतिमात्रै होइन, श्रम र पसिना बगाउनेहरु दिनानु दिन गरिबीको दुष्चक्रमा फस्दै गएका छन् ।

भने मलहोत्रा जस्ता व्यापारीहरु गलत धन्दाको आडमा दिनको दुगुना र रातको चौगुणामा धनाढ्य बन्दै गएका छन् । कारण गैरकानुनी धन्दा र राजनीतिको अदृष्य धाप नै हो । सिमित स्वार्थ समूहको हितको लागि राजनीतिले अदृष्य धापका कारण मुलुक जर्जर बन्दै गएको छ भने मुलुकमा आर्थिक अपराधको जालो बलियो बन्दै गएको छ ।

आर्थिक अपराधको जालो यसै गरि दर्विलो बन्दै गए मुलुक चरम आर्थिक संकटमा फस्ने मात्रै होइन, मुलुक असफल राष्ट बन्न संगिन खतरा देखिदै गएका छन् । यसर्थ लोकतन्त्रको पूर्ण अनुभूति दिन मलहोत्रा जस्ता गैरकानुनी धन्दाबाट अकुत सम्पत्ती जोड्नेहरुको लागि सम्पत्ती शुद्धीकरणको अस्त्रले तह लगाउन सरकार इमान्दार बन्नै पर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu