ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटिएपछि विरामीको मृत्यु


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   २ : ३९   बजे

 

 

काठमाडौँ, ३० जेठ । सिन्धुपाल्चोककी रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरेको हो ।
ओम अस्पतालमा पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि थापाको मृत्यु भएको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टरले जानकारी दिएका थिए । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले हजारौ विमारीको यहि हालत भएको छ ।’

रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपाालिका १० कि रामप्यारी बिहीबार स्वास्थ्य जाँच गराउन ओम अस्पताल पुगेकी थिइन् । उनको पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो । अस्पतालले शुक्रबार अपरेशन गर्ने भन्यो ।

शुक्रबार कै दिन रामप्यारी अपरेशनका लागि भोको पेट अस्पताल पुगिन् । डा–रविन कोइरालाको नेतृत्वमा उनको अपरेशन भयो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप ह्वात्तै घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, रामप्यारीलाई आईसीयूमा राख्यो । अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगायो ।

त्यही दिन अर्को अपरेशन गरियो । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याकिएको डा– कोइरालाले विरामीको आफन्तलाई जानकारी दिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । खड्कले बताए, ६० हजार रुपैयाँसम्म हामीले दिनमा औषधी प्रयोग गरेको खड्कले बताए । उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’

अप्रेशनपछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको थियो ।तर, बिहीबार विहान दुःखद खबर घोषणा गर्‍यो ।

अस्तालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group