ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ– अध्यक्ष दाहाल


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   ७ : ५६   बजे

 

काठमाडौं, ३० जेठ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनुभएको छ । बलेफी गाउँपालिका–५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उहाँले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताउनुभयो ।

जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र भूकम्पले पु¥याएको क्षति स्मरण गर्दै अध्यक्ष दाहालले सिङ्गो देश समृद्धिको बाटोमा लागेको बताउनुभयो । ठूलो प्रकोप र द्वन्द्वपछि जापान विकसित र समृद्ध भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि नयाँ संस्कारको साथमा विकासले गति दिएको बताउनुभयो ।

“नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो”, उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।”

विसं २०७२ मा भूकम्प नगएको भए नेपालको संविधान निर्माण नहुने दाबी गर्दै उहाँले प्राकृतिक विपद्ले देशका सबै पक्षलाई एकताबद्ध हुन प्रेरित गरेको स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अगामी दिनमा सबै एकताबद्ध भएर समृद्धिको अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।

पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकलाई प्रकोपले निरन्तर क्षति पु¥याएको भन्दै त्यस क्षतिलाई सिन्धुपाल्चोकवासीले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । भूकम्पबाट क्षति पुगेको विद्यालय पुनःनिर्माणपछि भौतिक मात्रै नभएर शौक्षिक गुणस्तरमा लाग्न आवश्यक रहेको सापकोटाको भनाइ छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट विद्यालय भवनलाई क्षति पुगेपछि टाटा ट्रष्ट इण्डिया, सिप्रदीयन सहायता संस्था नेपालको रु तीन करोड ९७ लाख चार हजार १५० को अनुदान सहयोगमा दुईतले १५ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको हो । विगत चार वर्षदेखि ३५० विद्यार्थी अस्थायी टहराबाट पठनपाठन गर्दै आएको विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu